किसान महासंघ नेपालको केन्द्रीय उपमहासचिवमा अहमद

पर्सा । जनता समाजवादी पार्टी (जसपा) निकटको समाजवादी किसान महासंघ नेपालको केन्द्रीय उपमहासचिवमा पर्साका युवा नेता तबरेज अहमद चयन भएका छन् ।

यही भदौ ३ र ४ गते सम्पन्न भएको भेलाले चयन गरेको समाजजवादी किसान महासंघको केन्द्रीय कार्य समितिले केन्द्रीय उपमहासचिवमा अहमदलाई मनोनित गरेको हो ।

अहमद जसपाको पर्सा जिल्ला सचिव र राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष पनि हुन् । आगामी निर्वाचनका लागि जसपा पर्साले पर्साको क्षेत्र नम्बर ४ को संघीय सांसदमा प्रत्यक्षतर्फ उनको नाम पनि सिफारिस गरेको छ ।

समाजवादी किसान महासंघको केन्द्रीय अध्यक्ष मोरङका सन्जय सिंह, उपाध्यक्षमा खोटाङका बच्चु राई, झापाका विष्णुलाल मेचे, सुनसरीकी सीता यादव र सप्तरीका श्रीप्रसाद भगत, महासचिवमा ललितपुरका ओमकृष्ण श्रेष्ठ र उपमहाासचिवमै सिरहाका टिकाप्रसाद मोक्तान रहेका छन् ।

प्रतिक्रिया