श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा विद्यार्थीको सम्मान

पर्सा । पर्साको जगरनाथपुर गाउँपालिका– ५ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय मसिहानीले आयोजना गरेका १२ कक्षा उतिर्ण छात्र, छात्राहरुलाई सम्मान कार्यक्रम सम्पन गरेको छ ।

नेरामाबी मसिहानीका ७ जना छात्र–छात्राहरुलाई कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले खादा ओढाएर डायरी र पेनबाट सम्मानित गरेका हुन् । विद्यालयका छात्र– छात्राहरुलाई सम्मानित गर्दै उनले गाउँपालिकाले पहिलो प्राथमिकतामा शिक्षा नै राखेको बताए ।

पहिलादेखि शिक्षाको अवस्था दयनिय रहेको देखिएको उनको भनाइ थियो । ‘जगरनाथपुर गाउँपालिकाभरमा ३१ वटा विद्यालय रहेको छ, सो विद्यालयहरुमा सात चोटी अनुगमन गरिसकेको छु,’ उनले भने, ‘केही भवनको अवस्था, केही विद्यार्थी भाइबहिनीहरुलाई बस्ने बेन्च, डेक्सको कमी त केही शिक्षकहरुको समस्या देखिएको छ ।’ त्यसको मध्यनजर गरि यसपाली ३ करोडको बजेट शिक्षा सुधार कार्यक्रममा राखेको उनले बताए ।

यति अवस्था कमजोर भएपनि शिक्षकहरुले इमान्दारीपूर्वक लागेकाले शिक्षकहरुलाई उनले धन्यवाद समेत अध्यक्ष यादवले दिए । साथै, विद्यालयबाट पल्स टु राम्रो नम्बर ल्याएर उतिर्ण गरेका छात्र–छात्राहरुलाई उनले बधाईसमेत दिए । सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष यादवले भने आउने दिनमा शिक्षामा आफ्नो विशेष सहयोग रहने बताए ।

आउने दिनमा जगरनाथपुर गाउँपालिकाका विद्यार्थीहरुलाई आफ्नै घरमा खाना खाएर आफ्नै गाउँठाउँको विद्यालयहरुमा प्राविधिक शिक्षा लिने व्यवस्था गरिने बताए । सम्मान कार्यक्रममा विद्यालयबाट पल्स टु साईन्समा ७५ प्रतिशत नम्बर ल्याएकी छात्रा मेनिका कुमारी चौधरीले भनिन्, ‘सरकारी विद्यालयमा मन र लगनसिलताले पठनपाठन गरेमा प्राईभेट बोर्डिङ स्कुलको जरुरी छैन, सरकारी विद्यालयमा पढेर नायब सुबा, शिक्षक बन्न सकिन्छ, महँगो विद्यालयको कुनै जरुरी छैन, आफ्नो घरबाट खाना खाएर आफ्नै ठाउँको उच्च माध्यामिक विद्यालयहरुबाटा राम्रो नम्बर ल्याउन सकिन्छ ।’

छात्रा चौधरीले गाउँपालिका अध्यक्षलगायत जनप्रतिनिधिहरुलाई ध्यानाकर्षण गराउँदै विद्यालायका अस्वस्थालाई मध्यनजर गरेर सुधार गरिदिन आग्रह गरिन् । सम्मान कार्यक्रम विद्यालयका प्रअ नयाजुदिन मियाँको अध्यक्षतामा सम्पन भएको थियो ।

कार्यक्रममा गापा उपाध्यक्ष वविता सिंह, प्रमुख प्रसाशकिय अधिकृत कृष्णानन्द राय, वडाध्यक्ष बिहारी महतो नुनिया, शिक्षा प्रमुख लालदेव प्रसाद यादवलगायतले बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले त्यार पारिएका सांस्कृतिक कार्यक्रम समेत गरेका थिए । कार्यक्रममा स्थानीय अभिभावक, शिक्षक, पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया