विद्यालयको कक्षा तह घटाउदै थलारा गाँउपालिका

बझाङ । जिल्लाको थलारा गाँउपालिकाले पालीका भित्र रहेका सामुदायिक विद्यालयको शिक्षक दरबन्दी मिलान गर्न भन्दै हालसम्म विद्यालयमा कायम रहेको कक्षा तहहरु घटाउने भएको छ । विद्यालयको कक्षा तह झार्ने पालिकाको कदम प्रति केहि सन्तुुष्टी भए पनि अधिकाँस विद्यालयका अभिभावक र विद्यार्थीमा निकै असुन्तुष्टि देखिए छ ।

शैक्षिक सत्रको सुरुमा विद्यार्थी भर्ना गरेर पुस्तक वितरण गरि पठनपाठन समेत सञ्चालन गरि सकेका कतिपय त्यहाँका विद्यालयहरुमा पालिकाले पुुर्वतयारी नै नगरी विद्यालयलाई आधिकारीक परिपत्र नदिइ कक्षा तह हटाएको जानकारी दिएपछि पालिकाको यो र्निणय जनस्तरमा विवादीत बन्दै गएको त्यहाँका स्थानियको भनाई रहेको छ ।

पालिकाले विद्यालय अनुगमन कार्यदलको प्रतिवेदनको शिक्षा समितिको राय सुुझावसहित २०८० चैत्र २५ गते बसेको कार्यपालिकाको बैठकबाट कक्षा तह समायोजन गर्ने र्निणय भएको बताएको छ । कक्षा डाउन साइज अर्थात कक्षा हटाएका विद्यालयहरुमा कालिका आवि पिपलकोटलाइ कक्षा चार हटाएर एक तिन कक्षासम्म कायम गरेको छ । यसै गरी प्रगती महिला बाल विकास केन्द्र मोतिपुरको बालकक्षा हटाएर त्यहाँ सुन्य बनाएको छ ।

तेडी भवानी आवि भनाडालाइ एक कक्षा हटाएर बाल कक्षामा झारेको छ । सरस्वती आवी पिपलगडामा कक्षा चार पाँच हटाएर एक तिनसम्म बनाउने र्निणय गरेको छ । देवदुुर्गा आवि दुुवालीमा २ र ३ कक्षा हटाएर एक कक्षा मात्र कायम गरेको छ ।

यस्तै दुुग्देश्वर आवि गुगैमा छ सात आठ कक्षा हटाएर एकदेखि पाँच कक्षासम्म मात्र कायम गरेको छ । डाँडाबाड आवि पण्डित गाँउमा दुुइ र तिन कक्षा हटाएर एक कक्षासम्म मात्र कायम गरेको छ । भवानी मावी माडुुकाट्नेमा एकदेखि तिन कक्षा हटाएर चारदेखि बाह्र कक्षासम्म मात्र कायम गरेको छ ।

खापर आवि घोडादाउनामा चार पाँच कक्षा हटाएर एक तिनसम्म कायम गरेको छ । खप्तड आवि अदुवालीमा पनि चार पाँच कक्षा हटाएर एक तिन मात्र कायम गरेको छ । मष्टा आवि गण्डाउलीमा पनि चार पाँच कक्षा हटाएर एक तिन कायम गरेको छ । कालीका आवि विस्खेतमा मा पनि चार र पाँच कक्षा हटाएर एक तिन कक्षा मात्र कायम गरेको छ ।

त्रिभुुवन आवि पिखेतमा चार र पाँच कक्षा हटाएर एक तिनसम्म मात्र कायम गरेको छ । महालिड्ग आवि राउलीमा एक तिन हटाएर बाल कक्षा मात्र राखेको छ । प्रगती आवि सिरेटामा दुुइ तिन चार कक्षा हटाएर एक कक्षा मात्र राखेको छ ।

यसैगरी कालीका आवि खानीमा कक्षा चार हटाएर एक तिन मात्र कायम गरेको छ । तेडी आवि चित्रुुमा दुुइ र तिन कक्षा हटाएर एक कक्षा मात्र कायम गरेको छ । मष्टा आवि आमवगरमा चार पाँच कक्षा हटाएर एक तिन कक्षा मात्र कायम गरेको छ । नबरत्न आवि कुचमा चार पाँच हटाएर एक तिन मात्र कायम गरेको छ । जोपी बालविकास केनद्र दंगाजी र भगवती बाठवाला आवि काप्राको बाल विकास केन्द्र समेत हटाइ दिएर त्यहाँ विद्यालयको नाम समेत मेटिनेको छ ।

१८ वटा विद्यालयहरुको कुनै विद्यालयमा बाल कक्षा हटाएको छ भने कुनैमा कक्षा चार पाँछ हटाएको र कुनै विद्यालयको दुुइ तिन कक्षातह हटाएको छ । एउटा निमावी विद्यालयलाइ पनि प्रावीमा झारेको छ ।

आफ्नो विद्यालयको कक्षा तह हटाइ दिएपछि अहिले समवन्धीत विद्यालयका अभिभावक शिक्षकहरु थलारा गाँउपालीकामा डेलिकेसन गर्दै आफ्नो विद्यालयलाइ साविक कै कक्षातहमा राखीदिन दवाव दिदै आएका छन ।

विहिवार दुवाली गाँउमा रहेको देव दुुर्गा प्रावी र पिखेतमा रहेको त्रिभुुवन प्रावी विद्यालयका अभिभाव शिक्षकहरु पनि गाँउपालिकामा गएर कक्षा तह नहटाउन दवाव दिएका थिए ।

कक्षा १ देखि ३ सम्म सञ्चालन भएको ४५ जना जती विद्यार्थी संख्या रहेको देवदुुर्गा आधारभुत विद्यालयलाइ १ कक्षामा झार्नुु पालिकाको गैर जिम्ेवारी र अपरिपक्क र्निणय भएको विद्यालयका अभिभावक तथा पूर्ववडा अध्यक्ष दिर्घराज जोशीले बताए ।

पालिकाले कक्षा तह घटाउन खोज्नुु विद्यार्थीको घर नजिकै पढन पाउने अधिकार बन्चीत गर्नु हो जोशीले भने । त्यसै गरि पिखेत गाँउमा रहेको कक्षा १ देखि ५ सम्मको त्रिभुबन प्रावीलाइ पनि ४ र ५ कक्षा हटाएर १ देखि ३ सम्म मात्र पालिकाले राखेको छ । यस विद्यालयमा पनि १ देखि ५ सम्म यो वर्ष विद्यार्थी भर्ना गरेर पढाइ गरि सकेको हुदाँ यो र्निणय अहिले कार्यन्वय हुन नसक्ने पिखेतका अभिभावकहरु दवाव दिदै आएका छन् ।

पिखेतका रतन रोकायाले भने, ‘मेरो सानो छोरा एक घण्टा हिडेर गाँउको विद्यालय छोडी कसरी खोलीसम्म कक्षा ४ पढ्न जान सक्छ ? पालिकाले कक्षा घटाउने गरेको निर्णय प्रति मेरो असहमती छ, ।’ उनले बच्चाहरुलाइ दुखदिने काम पालिकाले गर्न नहुने बताए ।

यसैगरी खप्तड प्रावी अदुुवालीका अध्यक्ष मिनबहादुुर चलाउनेले पनि आफ्नो गाँउका चार पाँच कक्षा पढ्ने साना बच्चाहरु टाढा जान नसक्ने बताए । उनले आफ्नो विद्यालय एक पाँच वाट एक तिन झारेकोमा निकै असुन्तुष्टि जनाए ।
कालिका प्रावि विस्खेतका विव्यस अध्यक्ष लक्ष्मीराज जोशी पालिकाको यो र्निणयले निजि क्षेत्रका वोर्डिङ स्कूललाई फाइदा भएको आरोप लगाए । उनले भने, ‘मेरो विद्यालयमा पनि चार पाँच कक्षा हटायो यहाँ पढ्ने विद्यार्थी थलारा मावी टाढा भनेर निजि स्कुुलमा जाने भएका छन् ।

भगवती बाठवाला आधारभुत विद्यालय काप्राका अध्यक्ष गोरख बहादुुर साँउदले पनि पालिकाको यो निर्णयले शैक्षिक क्षेत्रको सुधार गर्नेुु भन्दा विद्यार्थीलाइ दुख दिने काम भएको आरोप लगाए । उनले भने, ‘मेरो गाँउमा वालकक्षाको लागि सरकारले नयाँ भवन बनाएको छ । पालिकाले बालकक्षा काटी दिएपछि भवन पनि खेर जाने भो र साना बच्चाहरुलाइ पनि उकालो हिडेर अर्को विद्यालयमा जान समस्या हुने भो ।’

‘विद्यालयमा विद्यार्थी संख्या घटी रहेका छन् । यो सवै ठाँउको अवस्था हो,’ पिखेतका प्रअ लक्ष्मीकुमारी रोकायाले भनिन्, ‘तर एक दुुइ जना विद्यार्थी भएपनि उनिलाइ पाइक पर्ने ठाँउमा आवत जावत सहज हुने गरी पालिकाले व्यवस्थापन नगरी दिएसम्म कक्षा हटाउनुु विद्यालय मर्च गर्नु यो विद्यार्थीको हित विपरित हो ।’

अहिले पालिकाले विद्यालयको कक्षा तह हटाएर विद्यार्थीहरु पढी रहेको नजिकको विद्यालयबाट टाढा धपाउन खोजे पनि पछि यि कक्षातह हटाएका विद्यालयबाट शिक्षकहरु चलाउन अझ समस्या देखिने कतिपयको भनाइ छ । पालिकाले शिक्षा ऐन नियमावली अनुसार काम गरेको दावि गरेपनि जनमासले पालिकाको यो कार्य हचुवाको भरमा पूर्वतयारी नगरी विद्यालयलाइ परिपत्र नगरी सुुझाव सल्लाह बिना सस्तो लोकप्रिय कमाउन गरेको बुद्धिजिविको भनाइ रहेको छ ।

पालिकाका केहि कर्मचारी भन्छन, ‘पालिकाको यो कदम ठीक हो, तर भौगोलिक विकटताले विद्यार्थीलाइ टाढाको विद्यालयमा जम्मा गर्न समस्या हुनेछ । यसका लागि ठाँउ ठाँउमा नमुना विद्यालय बनाएर स्कुल बसको व्यवस्थागरी बच्चाहरु जम्मा गर्न सके भविस्यमा राम्रो हुन सक्छ ।’


थलारा गाँउपालिकाले विद्यालयको व्यवस्थापन शैक्षिक क्षेत्रको सुुधारका लागि नेपाल सरकारको लक्ष र पालिकाको योजना अनुसार विद्यालयलाइ डाउन साइड गर्ने, शिक्षक विद्यार्थी दरबन्दी मिलान गर्ने गुुणस्तरिय शिक्षा बनाउने काममा लागि रहेको गाँउपालिका अध्यक्ष प्रकाश रोकायाले जानकारी दिए ।

उनले भने, ‘यो अभियान यहाँको शैक्षिक सुधारको लागि हो अहिले केहि समस्या आएपनि पछि पालिका तहबाट स्कुुल भ्यान हालेर विद्यार्थीलाइ आवत जावतमा सहज बनाउने योजनामा छौ ।’ पालिकाको पुुजिगत रकमबाट पारिश्रमीक खाने शिक्षक बढी भएका बताएको छ । पालिकाको विकास बजेटको झन्डै २ करोड खर्च शिक्षकमा भएकाले यसको भार घटाउन पनि पालिकाले विद्यार्थी अनुपात शिक्षक दरबन्दी मिलाउन खाजेको प्रमुख प्रशासकिय अधिकृत सिद्धराज पण्डितको भनाइ छ ।
थलारा गाउँपालिकामा जम्मा ४० वटा बिद्यालय रहेका छन् ।

प्रतिक्रिया