सदन अवरोधको जिम्मा सरकारले लिनुपर्छ : लेखक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सदन अवरोधको जिम्मा सरकार आफैंले लिनुपर्ने बताएका छन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकको निर्णयबारे जानकारी दिँदै लेखकले सदन अवरोधको जिम्मा सरकार आफैंले लिनुपर्ने बताएका हुन् ।

सहकारीको रकम हिनामिना प्रकरणको निष्पक्ष छानबिनका लागि संसदीय छानबिन समितिको आवश्यकताको पुष्टि भएको भन्दै उनले समिति गठन नभएमा सदन अवरुद्ध हुने चेतावनी दिए । ‘संसदीय छानबिन थप आवश्यक छ भनेर पुष्टि भयो । हाम्रो बटमलाइन समिति हो । सत्तापक्षले माग सम्बोधन गरेन भने सदन अवरोधको जिम्मा सरकार आफैंले लिनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया