ब्राजिलमा बाढीबाट १५ लाख प्रभावित, १०७ जनाको मृत्यु

काठमाडौं । ब्राजिलमा एक सातायताको भीषण वर्षा र रियो ग्रान्डे डु सुल नदीमा आएको बाढीका कारण १०७ जनाको मृत्यु भएको छ । देशको सिभिल डिफेन्स एजेन्सीका अनुसार, १४ लाख ७६ हजार मानिस बाढीबाट प्रभावित छन् । ७५४ जना घाइते र १६ हजार ४०० नागरिक विस्थापित भएका छन् । १३४ मानिस हराइरहेका जनाइएको छ ।

बाढीको विपत्तिका क्रममा लुटपाट र यौन दुर्व्यवहार गर्ने कम्तीमा ४७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका मध्ये ६ जना यौन दुर्व्यवहारमा संलग्न थिए ।

शुक्रबार (आज) र आइतबार (पर्सि) पनि ठूलो वर्षा हुन सक्ने त्यहाँको मौसम पूर्वानुमान गर्ने निकायले जनाएको छ । सीएनएनबाट ।

प्रतिक्रिया