सपना कोही राती देख्छन् कोही दिउँसो । कोही देख्दिन भन्दछन् त कोही देखाउँछन् मात्र । कोही सम्झन्छन् कोही बिर्सन्छन् । सपनालाई लिएर विश्वभर अनेक वहस तर्क, वितर्क र कुतर्क भइरहेका हुन्छन् । पूर्वीय दर्शनले मानिसले देख्ने विशेष किसिमका सपनालाई भविष्यमा हुने घटनाको पूर्व जानकारीका रूपमा व्याख्या गरेको छ । संकलनका सबै कुरा यहाँ समेटन सकिँदैन तर एउटा पुराणको प्रसंगलाई यहाँ जानकारी दिन गइरहेको छु । विश्वास गर्न वा नगर्न सबै स्वतन्त्र छन् । हावा कुरामा उडिरहनुभन्दा पनि लेखिएका कुरा के हुन् त भनेर जानकारी गराउनु मेरो उद्देश्य हो । आगे यहाँकै मर्जी ।
‘चिन्तामा परेको, रोगी, मलमूत्रले च्यापेको, डराएको र नांगै सुतेको व्यक्तिले देखेका रातीका सपनाको कुनै फल हुन्न । कपाल खुलै राखेर सुतेकी स्त्रीले देखेको सपनाको पनि कुनै फल हुन्न । सपना देखेपछि बिउँझिएर फेरी सुते वा बताउन नहुनेलाई बताए पनि सपनाको कुनै फल पाइन्न ।’ फल भन्नाले राम्रा सपनाको फल भनेर बुझ्नुहोला । भविष्यमा हुने कुनै अनिष्टको पूर्वसूचना दिने खालका सपना यी नियमभित्र पर्दैनन् ।
रातको प्रथम प्रहरमा देखिएका राम्रा सपनाको फल एक वर्षभित्र पाइन्छ । दोस्रो प्रहरमा देखिएका सपनाको फल आठ महिनामा पाइन्छ । तेस्रो प्रहरमा देखिएका सपनाको फल तीन महिनामा पाइन्छ । चौथो प्रहरमा देखिएका सपनाको पल १५ दिनभित्र पाइन्छ । अरुणोदयका बेलामा देखिएका सपनाको फल १० दिन भित्र पाइन्छ । त्यसपछि सूर्योदय हुनुपूर्व देखिएका सपनाको फल तुरुन्त पाइन्छ ।
गाई, हात्ती, घोडा, दरबार, पहाड वा रुख चढिरहेको, खानेकुरा र अरू रोइरहेको देखे धन लाभ हुन्छ । कसैले दिएको वीणा समाए उर्वरभूमि प्राप्त हुन्छ । कुनै हतियारले शरीरमा कतै चोटपटक लाग्यो वा कुनै जीवले टोक्यो भने धन प्राप्त हुन्छ । त्यसैगरी दिसा वा रगतले आफू लतपतिएको देखे पनि धन लाभ हुन्छ । अविवाहित मानिसले अगम्यागमन गरेको देखे चाँडै शुभ–विवाह हुन्छ । पिसाबको आहालमा आफू डुबेको देखे, वीर्यपान गरे, नरकभित्र गए, रगत पिए, समुद्रको जल वा अमृत पिए धनलाभ सहितको शुभ समाचार सुनिन्छ ।
सम्पूर्ण सर्तहरू (टम्र्स एन्ड कन्डिसन) पूरा भएको अवस्थामा देखिने सपना भविष्यमा हुने वा हुन सक्ने राम्रा वा नराम्रा घटनाको पूर्व सूचना हुन् भन्दछ पूर्वीय दर्शन । पेटभित्रैबाट पश्चिमेली दर्शन पढ्ने जमाना भएकोले थाहा भए पनि आधुनिकताका कुरा म गर्दिनँ । कसैले जान्न चाहे पश्चिमेली दार्शनिकहरूले सपना (ड्रिम्स) का सम्बन्धमा लेखेका पुस्तकहरू पढ्न सक्नेछन् । चिन्तामा परेको, रोगी, मलमूत्रले च्यापेको, डराएको र नांगै सुतेको व्यक्तिले देखेका रातीका सपनाको कुनै फल हुन्न । कपाल खुलै राखेर सुतेकी स्त्रीले देखेको सपनाको पनि कुनै फल हुन्न । सपना देखेपछि बिउँझिएर फेरी सुते वा बताउन नहुनेलाई बताए पनि सपनाको कुनै फल पाइन्न ।
सपनामा हात्ती, राजा, सुन, साँढे, गाई, बलिरहेको बत्ती, अनाज, फूल, कन्या, छाता, रथ र ध्वजापताका देखिए कीर्ति बढी नातासम्बन्ध गाँसिनु वा सुध्रिनुका साथै धेरै धन लाभ हुन्छ । सपनामा जलले भरिएको घडा, वास्तविक ब्राह्मण, आगो, फूल, पान, मन्दिर, सेतो धान, नर्तक र नगरवधू देखिए धन लाभ हुन्छ । सपनामा गाईको दूध वा घिउ देखिए पनि धन लाभ हुन्छ । कमलको पातमा खिर, दही, दूध, घिउ, मह र पवित्र वा शुद्ध मिठाई खाएको सपना देखे निकट भविष्यमा राजा हुन्छ ।
सपनामा मानिस वा कुनै चराको मासु खाए प्रशस्त धन लाभ हुन्छ, शुभ समाचार सुनिन्छ र चाहेको कुरा पुग्दछ । छाता वा खराउ वा बिना दागको टलक्क टल्कने धारिलो तरबार कसैले दिए अन्न लाभ हुन्छ । स्वच्छ पानीमा पौडी खेलेर पारी तरेको देखे ठूलो पद पाउँछ । लटरम्म फल फलेको रुख देखे धन प्राप्त हुन्छ । सर्पले टोकेको देखे धन लाभ हुन्छ । कलंकरहीत सूर्य वा चन्द्रमा देखे रोग निको हुन्छ ।
म फेरि पनि भन्छु, विश्वास गर्न वा नगर्न वा तटस्थ रहन सबै स्वतन्त्र छन् । हावा कुरामा उडिरहनुभन्दा पनि लेखिएका कुरा के हुन् त भनेर जानकारी गराउनु मेरो उद्देश्य हो । कुनै बेला यहाँ प्रयोग भएका शब्दले कसैको चित्त दुखाउन मन छैन । तर, वैकल्पिक शब्द राखेर नबुझिने अवस्था आउँदा मूल शब्द नै प्रयोग गर्नेछु ।
अविवाहित पुरुषले पोथी बिरालो, कुखुरी र पोथी क¥याङकुरुङ देखिए सुन्दर पत्नी पाइन्छ । आफू डोरी, साँङ्लो आदि बन्धनले बाँधिएको देखे प्रतिष्ठा र पुत्र लाभ हुन्छ । नदी किनारमा बसेर कमलको पातमा वा पातको सानो भागमा दहीभात वा खीर खाए राजा हुन्छ । जूका, बिच्छिी, सर्प देखे धन, पुत्र र विजय प्राप्त हुन्छ । लामा सिङ वा दाह्रा भएका जनावर एवं बाँदरले दुःख दिएको देखे राजा हुन्छ वा धेरै सम्पत्ती पाइन्छ । माछा, मासु, रत्नसहितका गहना, शंख, चन्दन र हिरा देखिए प्रसस्त धन लाभ हुन्छ ।
मदिरा, रगत र सुन देखिए वा सपनामा मल (दिसा) खाए विशेष कुरा खान पाइन्छ र अप्रत्याशित धनलाभ हुन्छ । कुनै देवदेवीको मूर्ति वा प्रतिमा वा शिवलिंग पाएको देखे पनि धन प्राप्त हुन्छ । खरानी, हाड र कपास बाहेकका सबै सेता कुरा देख्नु राम्रो हुन्छ । गाई, हात्ती, घोडा, ब्राह्मण र देवताबाहेक अरू सबै कालो देख्नु नराम्रो हुन्छ ।
अत्यन्त तेज भएकी, सुशील र सभ्य कुलकी, गहना र वस्त्रले सजिएकी कुनै स्त्री आफ्नो घरभित्र छिरे लक्ष्मी छिरिन् भनेर जान्नु । सपनामा असल कुलकी कुनै स्त्री वा कन्या, कुनै ब्राह्मण वा ब्राह्मणी, कुनै देवता वा देवी खुसी भएका देखिए वा तिनले कुनै पनि सग्लो पाकेको फलफूल खान दिन्छन् भने घरमा नयाँ सदस्य थपिन लाग्यो भनेर जान्नु ।
त्यसैगरी सपनामा कुनै ब्राह्मण आई आशीर्वाद दिन्छन् भने आफूले दिएको वा दिने वचन सत्यमा परिणत हुन्छ वा हुनेछ भनेर जान्नु । अति प्रसन्न र सन्तुष्ट मुद्रामा कुनै ब्राह्मण घरभित्र पसे त्रिदेव पसे भनी जान । फल बताइरहनु पर्दैन । अकस्मात् गाई भेटिए जमिन लाभ हुन्छ अनि माया गर्ने श्रीमती पाइन्छ भनेर जान्नु ।
हात्तीले सुँडले उठाई पिठिउँमा राखे राजा हुन्छ । कुनै ब्राह्मण आई खुसीले अँगालो हाल्दछ भने समृद्धि आउँदछ तर सपना देखेपछि ननिदाई पवित्र तीर्थमा गएर नुहाउनु पर्दछ । ब्राह्मणले कुनै फूल दिए पनि समृद्धि प्राप्त हुन्छ । कुनै पनि पवित्रस्थल र दरबारको भ्रमण गरेको देखे, रत्नआभूषण देखे प्रशस्त धन लाभ हुन्छ । सपनामा जलपूर्ण घडा कसैले आफूलाई दिएको देखे वंश र सम्पत्ति वृद्धि हुन्छ ।
मदिरा हातमा लिएर कुनै सुन्दरी आफ्नो घरमा पसे प्रसस्त धन लाभ हुन्छ । दिव्य स्त्री आफ्नो घरभित्र आएर मल विसर्जन गर्दछे भने घरबाट गरिबी हट्छ । कुनै अपरिचित ब्राह्मण दम्पत्ति खुसी हुँदै आफ्ना घरभित्र आए भने ती शिवपार्वती वा लक्ष्मीनारायण आए भनेर बुझ्नु । कुनै अपरिचित ब्राह्मण वा ब्राह्मणीले कुनै अन्न वा फूल दिए सबैतिरबाट खुसी प्राप्त हुन्छ ।
ब्राह्म्णले चन्दनको गिँडो वा लेप, मोतीको वा फूलको माला, गोरोचन, कुनै पनि किसिमको धजा, हलेदो, उखु र अनाज दिएको देखे धन लाभ हुन्छ । ब्राह्मण वा ब्राह्मणीले आएर छाता ओडाए वा सेतो धान वा लाजा शीरमा छर्के राजा हुन्छ । शरीरभर चन्दन दलेर सेतो वस्त्र लगाएको देखिए वा रथ चढेको देखे पनि राजा हुन्छ । ब्राह्मण वा ब्राह्मणीले आएर कुनै भाँडामा दही वा खीर खान दिए र त्यो खाए पनि राजा हुन्छ ।
आठवर्षकी वस्त्र र आभूषणले सजिएकी प्रसन्न मुद्राकी कन्या देखिए विद्वान वा विदूषी हुन्छ । यस्ती कन्याले पुस्तक दिए प्रसिद्ध विद्वान वा साहित्यकार हुनेछ । यस्ती कन्याले आमाले छोराछोरीलाई पढाए जसरी आफूलाई पढाएको देखिए विश्वप्रसिद्ध विद्वान हुनेछ । कुनै ब्राह्मण आएर पढाएको देखे पनि यही पल पाइन्छ ।
कन्या वा ब्राह्मणले पुस्तक दिएको देखे विद्वान हुन्छ । कुनै ब्राह्मणले आएर आफूलाई मन्त्रदान गरेको देखे विद्वान्, धनी र गुणी हुन्छ । सपनामा मन्त्र, देवदेवीको प्रतिमा वा शिला शुद्ध व्यक्तिबाट पाएको देखे साधना गरिरहेको मन्त्रमा सिद्धि मिल्दछ । कुनै ब्राह्मणले कुनै वाहन वा यानमा पछाडि राखेर विभिन्न स्थान घुमाए आयु बढ्दछ । ताल वा समुद्र वा निर्मल जल सहितको नदी देखिए श्री पाइन्छ । सेतो पर्वत देखिए धनलाभ हुन्छ । आपैmँ मरेको देखे आयु बढ्दछ, रोगी भए रोग निको हुन्छ, दुःखी भए सुखी हुन्छ । कुनै दिव्य स्त्री आएर तिमी मेरा पति हौ भने राजा हुन्छ । स्फटिकको माला लाएकी काली (दुर्गा), वज्र, इनद्रधनुष देखे प्रतिष्ठा बढ्दछ । कुनै ब्राह्मण आएर तँ मेरो दास बन भन्दछ भने उ वैष्णव बन्दछ । सपनामा कुनै पनि देवदेवीलाई देख्नु शुभ हुन्छ ।
अहिलेसम्म राम्रा सपनाका बारेमा जानकारी गराएँ । यो ब्रह्मवैवर्तपुराणबाट साभार गरिएको हो । यो सबै सम्पूर्ण संकलनको सार भने होइन । अब त्यही ग्रन्थबाट खराब सपनाका विषयमा लेख्नेछु । सम्पूर्ण सर्तहरू (टम्र्स एन्ड कन्डिसन) पूरा भएको अवस्थामा देखिने सपना भविष्यमा हुने वा हुन सक्ने राम्रा वा नराम्रा घटनाको पूर्व सूचना हुन् भन्दछ पूर्वीय दर्शन । पेटभित्रैबाट पश्चिमेली दर्शन पढ्ने जमाना भएकोले थाहा भए पनि आधुनिकताका कुरा म गर्दिनँ । कसैले जान्न चाहे पश्चिमेली दार्शनिकहरूले सपना (ड्रिम्स) का सम्बन्धमा लेखेका पुस्तकहरू पढ्न सक्नेछन् ।
हाँस्नु, बिहे गर्नु, नाच्नु र गाउनुलाई राम्रो मानिन्न । यस्तो सपना देख्नु विपत्ति आउने संकेत हो । आफ्नो दाँत हल्लिएको देख्नु, फुक्लेको देख्नु वा कालो दाँत देख्नु भविष्यमा धन नाश हुने संकेत हो । यस्तो सपनाले शरीरमा कुनै रोग वा पीडा हुँदैछ भनेर पनि संकेत गर्दछ । त्यसैगरी तेल दलेको शरीर लिई गधा, ऊँट वा भैँसी चढेर दक्षिणतिर गइरहेको सपना देखे निकट भविष्यमा इहलीला समाप्त हुँदैछ भनेर जान्नु । जपाकुसुम, अशोक र कँडेलको फूल आफ्नो कानमा सिउरेको देख्नु वा तेल वा नुन देख्नु विपत्ति आउने संकेत हो ।
कोही नांगै देख्नु, कालो न कालो रूप देख्नु, नाक काटिएको देख्नु, फोहोरी अवस्थाकी एकल महिला देख्नु (संशोधित), खप्पर र ताडी देख्नु निकट भविष्यमा शोक पर्ने लक्षण हो । अपरिचित ब्राह्मण वा ब्राह्मणी रिसाएको देखे कुनै विपत्ती र धनको अभाव पर्न खोज्दै छ भनेर जान्नु । यसैगरी जंगली फूल, राता फूल, फुलेको पलाँश, कपास र नलगाइएको वा प्रयोग नगरिएको अवस्थामा सेतो वस्त्र देखिए दुःख पर्दछ । कालो वस्त्र लगाएका स्त्री अझः विशेषत एकल महिला खुसी हुँदै नाच्दै गाउँदै गरिरहेको साथै देवताहरू गाइरहेको, हाँसिरहेको, दौडिरहेको, ताली बजाइरहेको देखिए निकट भविष्यमा इहलीला समाप्त हुँदैछ भनेर जान्नु । वमन, मूत्र, दिसा, वैद्य, पैसा र सुन यी कुरा बारम्बार सपनामा लगातार देखिए पनि सोही अनुसारकै फल जान्नु ।
कालो वस्त्र र कालै माला लगाएकी स्त्री आफ्नो घरभित्र छिरेर लुक्छे वा सँगै आएर सुत्छे भने मृत्यु सन्निकट छ भनेर जान्नु । मृगसमूहको वा मानिसको मरेको बच्चा, काटिएको टाउको देखिए वा हाडको माला कतै पाइए त्यसलाई अवश्य नै संकट आइलाग्दछ । गधा वा उँट नारिएका कुनै वाहनमा वा तिनैमाथि एक्लै वा समूहमा चढेको देखे पनि मृत्यु सन्निकट छ भनेर जान्नु । आफ्नो शरीरमा होम गरिने कुनै पनि वस्तु, दूध, मह, मोही र शखर घसेको देखिए शरीरमा पीडा हुँदै छ भनेर निश्चितरूपमा जान्नु ।
रातो वस्त्र र रातै माला लगाएकी कुनै स्त्री आफ्नो घरभित्र छिरेर अलप हुन्छे वा सँगै आएर सुत्छे भने शरीरमा रोग लाग्न सुरु भयो भनेर जान्नु । नङ–कपाल झरेको देखे, अँगार वा खरानीसहितको चिता देखिए पनि निकट भविष्यमा इहलीला समाप्त हुँदैछ भनेर जान्नु । यसैगरी खाली मसान, काठ, सुकेका घाँस, कालो छायाँ र हल्का कालो घोडा देखे निश्चय नै दुख हुँदै छ भनी जान्नु । जुत्ता (पादुका), खप्पर, रातो फूलको डरलाग्दो माला, मास, मुसुरो र मुगी देखे निकट भविष्यमै शरीरमा घाउचोट लाग्दै छ वा कुनै खटिरा आदि आउँदै छ भनेर जान्नु ।
सेना, छेपारो, काग, भालु, बाँदर, नीलगाई, पीप र शरीरको मयल देख्नु भनेको रोगको लक्षण हो । टुटेफुटेका भाँडाकुँडा, घाउ, अशुद्ध र फोहोरी मानिस (संशोधित), कुष्ठरोगी, रातो कपडा, जटापालेको मानिस, सुँगुर, भैंसी, गधा, निष्पट्ट अन्धकार, मरेको डरलाग्दो कुनै जीव वा योनी देखिए अप्रत्यासित विपत्तिको सामना गर्नुपर्दछ । हातमा पाश लिएको डरलाग्दो यमदूत देखिए लिन आए भनेर जान्नु । ब्राह्मण, बांह्मणी, सानी बच्ची वा बच्चा रिसाएर रोइरहेको देखिए केही दुःख हुँदैछ भनी जान्नु ।
कालो फूल, कालो फूलको माला, हतियार बोकेका सैनिक वा विकृत अनुहारकी फोहोरी र अपवित्र स्त्री देखिए ती मृत्युका लक्षण हुन् भनेर जान । बाजा, नाचगान, गायक, रातो वस्त्र वा मादल बजाउँदै हिँडिरहेको देखिए दुःख हुँदैछ भनेर जान्नु । सपनामा लाश देख्नु पनि राम्रो होइन, मृत्यु सूचक हो । सपनामा कसैले दिएको माछा आदि मृतजीव समाइएको सपना देखिए अवश्य नै दाजुभाइ कसैको मृत्यु हुन्छ ।
घाइते, शिरविनाको धड, कपाल खौरेको मुडुल्लो टाउको वा तालबेतालसँग नाचिरहेको बेढंगको प्राणी देख्नु राम्रो हुन्न । मरेको कुनै पुरुषले वा मरेकी कालो वस्त्रारी कुनै स्त्रीले अंकमाल गर्नु अत्यन्त खराब हुन्छ । आफ्नो कपाल झरेको वा दाँत फुक्लेको देखिए नियमितभन्दा फरक र आकस्मिक कार्यमा अकस्मात धन खर्च हुन्छ ।
सिङ वा दाह्रा भएका जनावर र मानिसले आक्रमण गरे राजभय हुन्छ । काटेर ढलिरहेको रुख, बर्सीरहेका पत्थर, भूस, छुरा, आँगोकोे भुंग्रो, खरानीको वर्षा देखिए दुःख हुन्छ । आकाशबाट कुनै ग्रह वा उल्का वा पुच्छे«तारा खसिरहेको देखे, पहाड खसिरहेको वा भास्सिइरहेको देखे, काँध भाँजिएको मानिस देखे दुःख आइलाग्दछ । आकाशबाट रथ, घर, पहाड, वृक्ष, गाई, हात्ती र घोडा जमिनमा खसिरहेको देखे निश्चितरूपमा विपत्ति पर्दछ ।
कुनै खरानीको थुप्रोमा, अँगारको रास भएको खाल्डोमा, कुनै क्षारपदार्थको कुण्डमा, धुलोको रासमा अग्लो स्थानबाट खसिएको देखे अत्यन्त नराम्रो हुन्छ । टाउकामा कसैले आएर बलजफ्ती केही हतियारले घाउ बनाइदिएर गए वा ओडिरहेको छाता कसैले आएर खोसेर लगे उसका पिता वा गुरु वा राजाको नाश हुँदैछ भनी जान्नु । जसका घरबाट बाच्छासहित गाई डराउँदै निस्केर जान्छे श्रीसम्पत्ति पनि गयो भनी जान्नु ।
शास्त्रमा यमदूत भनेर बताइएका लक्षणसँग मिल्ने रुपडालको व्यक्तिले आफूलाई बाँधेको देखिए अत्यन्त नराम्रो हुन्छ । ज्योतिष, ब्राह्मण, ब्राह्मणी र गुरुले श्राप दिएको देखिए विपत्तिको सामना गर्नुपर्दछ । शत्रु, काग, कुखुराले घेरेर दुःख दिएको देख्नु पनि अत्यन्त खराब सपना हो । भैँसी, भालु, उँट, सुँगुर र गधाले रिसाउँदै लखेटेको देखे शरीरमा रोगको प्रवेश हुँदैछ भनी जान्नु ।
धेरै पुराणहरूमा सपना र कु एवं शुभ लक्षणका विषयमा धेरै कुरा लेखिएका छन् । यी कुरा मैले ब्रह्मवैवर्त पुराणबाट उल्था गरी यहाँहरूसमक्ष राखेँ । राम्रो सपना देखेर फुर्कन र नराम्रो सपना देखेर तर्सन आवश्यक छैन । सपना भविष्यमा हुने कुराको पूर्व सूचना हो । राम्रो सपना पनि तोकिएका सर्तहरू पालना भएको अवस्थामा मात्र फलदायी हुन्छन् । यसरी नै खराब सपनाको पललाई मत्थर गर्ने विभिन्न उपायहरू लेखिएका छन् । केही जिज्ञासा भए कमेन्ट गर्न हुन अनुरोध गर्दछु ।
प्रतिक्रिया