परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता, भए तीन निर्णय

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशंकरबीच शनिबार नयाँ दिल्लीमा द्विपक्षीय वार्ता भएको छ ।
नेपाल–भारत सम्बन्धका विविध आयाममा केन्द्रित उक्त वार्तामा व्यापार, आर्थिक सहकार्य, सीमापार सम्पर्क सञ्जाल, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा विस्तृत छलफल भएको नेपाली राजदूतावास, नयाँदिल्लीले जनाएको छ ।

राजदूतावासले जारी गरेको प्रेस विज्ञप्तिअनुसार दुवैदेशका मन्त्रीले नेपाल–भारत सम्बन्धको समग्र अवस्थाबारे समीक्षा गर्दै दुई देशबीचको दीर्घकालीन साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वार्तामा खेलकुदमार्फत जनस्तरको सम्बन्ध प्रवर्द्धन गर्ने विषयसमेत उठाइएको थियो ।

भेटवार्ताका क्रममा दुई देशबीच सञ्चालनमा रहेका विभिन्न द्विपक्षीय परियोजना तथा सहकार्य कार्यक्रमहरूको प्रगतिबारे समीक्षा गरिएको छ ।

परियोजनाहरूको कार्यान्वयनलाई थप तीव्रता दिने उपायबारे दुवै पक्षबीच विचार आदानप्रदान भएको जनाइएको छ । यसका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सरोकारका विषयमा समेत छलफल भएको छ ।

प्रतिक्रिया