काठमाडौं । इस्लाम धर्मावलम्बीले मनाउने महान् पर्व इदुलफित्र मङ्गलबार मनाइँदैछ । यसरकारले सो दिन मंगलबार सार्बजनिक बिदा दिने गरेको छ। गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मुस्लिम आयोगले सरकारलाई पत्र लेखेपछि सो बिदा घोषणा हुने छ ।
मुस्लिम आयोगका अनुसार सोमबार साँझको चन्द्रमा हेरेपछि सरकारलाई लेखरेर पठाइने छ । आयोगले लेखेर पठाएपछि गृहले विज्ञप्ति जारी गरी सार्वजनिक बिदाको घोषणा गर्ने छ। आइतबार साँझ चन्द्रमा हेरेपछि यस्तो पत्र लेख्ने बताईए पनि त्यो सोमबारका लागि सरेको छ । सरकारले आयोगले पत्र लेखेपछि सार्बजनिक बिदा दिने यस अघिनै निर्णय गरीसकेको छ।
इदगाहमा गएर सामूहिक नमाज (प्रार्थना) गरी मनाउने यो पर्वमा मानिसले एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गर्ने गर्दछन् ।
गएको चैत २० गतेदेखि सुरु भएको रमजान सोमबार सम्पन्न हुँदैछ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान दिनमा निराहार बस्छन् । रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि भोजन लिने गर्दछन् ।
रमजान उर्दु क्यालेण्डर अनुसार हिजरी सम्वत् १४४३ हो भने रमजान नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।
दान दिनु, गरिब तथा दिन दुःखीको सेवा गर्नु र जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । सुनसरी सोनापुरका हाजी मोहम्मद अब्दुलले रमजान महिना मुस्लिम समुदायका लागि निकै महत्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हजबाहेक सबै स्तम्भ पूरा हुने जानकारी दिए ।
शरीरलाई चोखो राखेर मात्र रोज बस्नुपर्छ । कुलतमा लागेका मानिस एक महिना इमान्दारिपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सक्ने अनुमान गर्न सकिन्छ ।
त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्ने काम गर्वका साथ गर्ने गर्दछन् । नबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई भने रोजा बस्न अनिवार्य छैन । यस पर्वमा बिर्यानी, पुलाउ, सेबइ, दुग्धजन्य पदार्थ, मासुका परिकार, फलफूल आदि खाने प्रचलन छ ।
प्रतिक्रिया