सेयर कारोबार १ अर्बमा खुम्चियो

काठमाडौ । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचक दोहोरो अंकले घटेको छ । सुचक १५ दशमलव ०२ अंकले घटेसंगै कारोबार रकम समेत एक अर्बमा खुम्चिको हो । चरम तरलता अभाव र बैंक ब्याजदर उच्च विन्दुमा पुगेका कारण यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा परेको छ । वित्तीय प्रणालीमा तरलता संकुचनका कारण बजारमा अपेक्षा अनुसार लगानीकर्ता आउन नरहेको जानकारहरु बताउछन् । स्थानीय निकाय निर्वाचनका लागि उम्मेदवारहरुको मनोनय दर्ता सम्पन्न भइसकेको छ । यससँगै चुनावी चहलपहल थप बढेको छ । चुनावमा दल तथा उम्मेदवारले पैसा खर्च गर्ने भएकाले उक्त पैसा बजारमा आउने र यसले तरलता सहज बनाउने सहयोग गर्ने अपेक्षा गरिएको छ ।

यसका साथै सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भइरहेका छन् । तरलता अभाव र ब्याजदर वृद्धिको अवस्थामा पनि सूचीकृत कम्पनीहरुले औसतमा नाफा वृद्धि गर्न सक्ष्म भएका छन् । अब सरकारी खर्चमा तेजी आउँदै जाने विश्वास गरिएको छ । सेयर बजारको सिजन पनि सुरु भएको छ । यी परिदृश्यहरुमा बजारमा क्रमशः सकारात्मक माहोल देखिने लगानीकर्ताले अपेक्षा गरेका छन् ।

मंगलबार २ सय २८ कम्पनीको एक अर्ब ४ करोड ६० लाख १४ हजार ४१७ रुपैयाँ बराबरको ३४ लाख १९ हजार २२८ कित्ता सेयर कारोबार भएको छ । नेप्से सुचक २ हजार ३७० दशमलव ९९ विन्दुमा पुगेको छ । कारोबारमा आएका १३ वटा उपसुचक मध्ये उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड बाहेक सबै घटेका छन् । सबै भन्दा धेरै १ दशमलव ४९ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा ४ करोड २१ लाख रुपैयाँसहित कारोबार रकममा सिद्धार्थ बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अपि पावर र नेष्डो समृद्ध लघुवित्त परेका छन् । त्यस्तै क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स् १ दशमलव ७४ अंकले घटेर ४५२ दशमलव ९५ को विन्दुमा पुगेको छ ।

प्रतिक्रिया