सिर्जना सिंहको अग्नि परीक्षा र स्थापितको हुंकार

अञ्जु कार्की

सिर्जना सिंह जत्तिकी नेतृ नेपाली कांग्रेस जत्तिको पार्टीबाट उम्मेदवार बनेपछि प्रतिस्पर्धीहरूलाई निश्चिय पनि सजिलो छैन, के भनेर खुइल्याउन सकिन्छ ? भन्ने छिद्रान्भेषण गर्दै जाँदा प्रतिपक्षीहरूले पाएको ठाउँ भनेकै गणेशमान सिंहकी बुहारी र प्रकाशमान सिंहकी श्रीमती भएकै कारण टिकट पाएकी हुन् भन्ने आरोप हो । यो कुरा असत्य पनि होइन । गणेशमान र मंगलादेवी सिंहकी कुलबधु हुन पाउनु र नेपालको निर्णायक राजनीतिक घडीको प्रत्यक्ष साक्षी हुन पाउनु सिर्जनाका लागि गौरवकै विषय हो । उनको थप योग्यता पनि हो यो ।

शासन व्यवस्थामा जनप्रतिनिधि बन्न चाहनेहरूले सामान्यता दुई चरणका प्रतिस्पर्धा पार गर्नुपर्ने हुन्छ । उम्मेदवार बन्नकै लागि पार्टीभित्र एउटा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । पार्टीले उम्मेदवार बनाइसकेपछि जनताबाट अनुमोदन हुन अर्को प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । यी दुवै प्रतिस्पर्धा सामान्यतः सहज हुँदैनन्, अनेक थरी आरोप प्रत्यारोपको सामना गर्नुपर्ने हुन्छ । त्यसैले धेरैले भन्ने गर्छन्, ‘राजनीति भनेको अत्यन्त फोहोरी खेल हो ।’ बुझ पचाएरै भए पनि आफ्ना प्रतिस्पर्धीलाई कहाँसम्म र कतिसम्म आरोप लगाउन सकिन्छ ? भन्ने कुरा राजनीतिमा खोजी हुन्छ ।

यतिबेला मुलुक स्थानीय निर्वाचनमा होमिएको छ । कुल ३५ हजार पदका लागि करिब २ लाख उम्मेदवारहरू चुनावी मैदानमा छन् । मुलुक चुनावमय बनेको छ । यी ३५ हजार पदमध्ये काठमाडौं महानगरपालिकाको मेयर पदको चुनावप्रति सबैको चासो छ । राष्ट्रिय मात्रै होइन अन्तर्राष्ट्रियरूपमै चासो छ । मेचीदेखि महाकालीसम्मका मतदाताले मात्रै होइन, विदेशमा रहेका कारण मताधिकारबाट वञ्चित भएका लाखौँ नेपालीले समेत सामाजिक सन्जालमार्फत आफ्ना अभिमतहरू प्रकट गरिरहेका छन् । विशेषगरी काठमाडौं महानगरपालिकाका सन्दर्भमा धेरैले यस्ता अभिमत प्रकट गरेका छन् ।

देशभरको चुनावमा होमिएका करिब दुई लाख उम्मेदवार मध्ये सबैभन्दा चर्चाको शिखरमा छिन्, ‘नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेकी सिर्जना सिंह ।’ काठमाडौंका रैथाने युवाहरू उनलाई सिर्जना भाउजुको सम्बोधनबाट सम्मान प्रकट गर्न मन पराउँछन् । बाहिरबाट आएर काठमाडौंमा बस्ने युवाहरू सिर्जना दिदी भनेर सम्मान गर्छन् । यी दुवै सम्बोधनहरू अत्यन्त प्रिय तथा आदरार्थी हुन् । यो सम्बोधनसँग आत्मियता मात्रै जोडिएको छैन, ज्यादै ठूलो संघर्ष तथा बलिदानको नातासमेत जोडिएको छ । काठमाडौंका करिब आधा मतदाता यहीँका रैथाने हुन्, करिब आधा मतदाता बाहिरबाट बसाइँसराइ गरेर आएका हुन् । सिर्जना सिंह भने यी दुवैथरी मतदाताकी सेतु हुन् । त्यसैले उनको पहिचान कसैका लागि दिदीका रूपमा र कसैका लागि भाउजुका रूपमा बनेको हो ।

०३४ सालमा गोरखाबाट आएर काठमाडौंका कलेजमा अध्ययन गर्दै गर्दा नेपाली कांग्रेस वृत्तमा उनले छोरी तथा बहिनीको रूपमा पहिचान बनाइकी थिइन् । बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायत २००७ सालको जनक्रान्तिका पुस्ताका नेताहरू सिर्जनालाई छोरी भनेर सम्बोधन गर्थे । ०१७ साल पछिका नेताहरूले बहिनी भनेर सम्बोधन गर्थे । ०३६ सालअघि नेविसंघको राजनीतिमा सक्रिय हुनु भनेको सामान्य कुरा थिएन, त्यसमाथि पनि छोरी मान्छेले । नेविसंघमा सक्रिय हुने छात्राहरूको संख्या त्यतिबेला काठमाडौंमा मुस्किलले २०÷२५ जना थियो होला । त्यतिबेलै नेविसंघको तर्फबाट शंकरदेव क्याम्पसमा स्ववियु कोषाध्यक्ष पदमा चुनाव जितिसकेकी, गिरफ्तारी दिन रत्तिभर पनि नडराएकी सिर्जना श्रेष्ठलाई कांग्रेसका शीर्ष नेताहरूले नचिन्ने कुरै भएन । त्यसमा पनि सिर्जना धनाढ्य व्यापारीकी छोरी पनि थिइन् ।

यस पंक्तिकारले सुनेअनुसार गणेशमान सिंहका छोरा प्रकाशमान र सिर्जनाको प्रेम विवाह होइन, मागी विवाह हो । आपैmँले छोरी भनेर सम्बोधन गर्ने सिर्जनालाई बुहारी बनाएर चाक्सीबारी भित्र्याउनका लागि गणेशमान सिंह आपैmँ केटी माग्न गोरखा गएको त्यतिबेलाका जानकारहरूबाट यस पंक्तिकारले सुनेकी हो । कसैसँग नझुक्ने गणेशमान सिंहले राणा शासनकै बेला श्री ३ का नातीहरूलाई पनि गालामा चड्कन लगाइदिने गरेको किंवदन्ती सुन्न पाइन्छ । राजा वीरेन्द्रले तिमी भनेर सम्बोधन गर्दा, ‘म त तिम्रो हजुरबाउसँग राजनीति गरेको मान्छे हो बुझ्यौ ?’ भनेर हकार्न सक्ने ल्याकत भएका नेता थिए गणेशमान सिंह । पञ्चायतले घुँडा टेकिसकेपछि पनि राजाले प्रधानमन्त्री बन्नका लागि आग्रह गर्दा ओठ लेप¥याउँदै फिस्स पारिदिने ल्याकतका नेता गणेशमान सिंह आफ्ना छोराका लागि सिर्जना सिंहलाई माग्न आपैmँ पुग्नुमा केही न केही रहस्य थियो होला । राजनीतिक घटनाक्रम तथा अभिव्यक्तिहरू विश्लेषण गर्ने हो भने गणेशमान सिंह निकै दूरदर्शी राजनेता थिए । के देखेर, किन सिर्जनालाई बुहारीका रूपमा भित्र्याउन गणेशमान सिंह आफ्नो स्वभाव विपरीत गाउँका नेवार परिवारसँग झुके होलान् ? प्रकाशमानको विवाहपछि आफ्नी पत्नी मंगलादेवी सिंहलाई सम्झाउँदै गणेशमान सिंह भन्ने गर्थे रे ! हेर्दै जाउ, हाम्रो घरमा अब के के चमत्कार हुँदै जानेछ ।

हुन पनि जब सिर्जना सिंह गृहलक्ष्मीका रूपमा भित्रिइन्, तब चाक्सीबारीको रौनक ०१७ सालअघिकै रूपमा फर्कन थाल्यो । इष्टमित्र तथा नातागोतासमेत जान छाडेको चाक्सीबारीमा पञ्चायतकालमै मन्त्री तथा प्रधानमन्त्रीहरूसमेत जान थाले । केही वर्षमै चाक्सीबारी निवास पञ्चायत व्यवस्था अन्त्य गरी वहुदलीय प्रजातन्त्र स्थापना गर्ने निर्णायक थलो बन्यो । सिर्जना सिंहले यी सबै राजनीतिक घटनाको साक्षी बन्ने अवसर पाइन् । मुलुकको राजनीतिमा आफ्नो घर निर्णायक बन्दै गर्दा स्वयं सिर्जना सिंह भने व्याक्तिगत रूपमा ओझेलमा परिन् । ०४८ सालको आमनिर्वाचनमा गोरखा क्षेत्र नं ३ बाट टिकट पाउने पहिलो हकदार सिर्जना नै थिइन्, तर गणेशमान सिंहकी बुहारी भएकै कारण संभव भएन । बुढा भइसकेका ससुरालाई घरमा एक्लै छाडेर गोरखामा चुनाव लड्न जान संभव भएन । ०४८ सालमा चितवनबाट मैयादेवी श्रेष्ठलाई ल्याएर गोरखामा चुनाव लडाइयो । त्यसपछि सिर्जना सिंहकै संरक्षणमा राजनीतिमा अघि बढेका बहिनीहरू कमला पन्त, रविकला न्यौपाने लगायतले गोर्खाबाट टिकट पाउँदै गए । कमला पन्त त पटकपटक मन्त्रीसमेत बनिन् ।

पञ्चायतकालमा सिर्जनाले नेविसंघको राजनीतिमा सक्रिय गराएका र चाक्सीबारीमार्फत संरक्षण दिइएका छात्राहरू मध्ये ०४८ साल यता करिव डेड दर्जन जति त मन्त्री बनिसके, सांसद बन्नेहरूको संख्या गन्न त कापीकलम लिएरै बस्नुपर्छ । तर स्वयं सिर्जना भने पार्टी संगठनभित्र मात्रै क्रियाशील भइन् । यो अवधिमा छोराहरू हुर्काउने, पढाउने, बिहेदान गर्नुपर्ने दायित्व पनि निर्वाह गर्नुप¥यो नै होला । महिला भएर जन्मेपछि यो दायित्वबाट उम्कन नसकिने रहेछ ।

राजनीतिमा सक्रिय भएको ४० वर्षपछि कार्यकर्ता तथा शुभ चिन्तकको आग्रह स्वीकार गर्दै काठमाडौंको मेयर पदमा उम्मेदवार बन्नका लागि पार्टीमा इच्छा जाहेर गर्दा केहीले उनीमाथि परिवारवादको आरोपसमेत लगाए । हिजोको इतिहाससमेत थाहा नभएकाहरूले वा कांग्रेस विरोधीहरूले यस्ता आरोप लगाउनुलाई अस्वभाविक मान्नु हुन्न । किनकी पृथ्वी भनेको हरेक स्तरका प्राणी, हरेक स्तरका मानिस बन्ने ठाउँ हो । भागवान्ले हरेक स्तरका मान्छेहरूको सृष्टि गरेका छन् । त्यसमाथि पनि अबुझ भएर बस्ने स्वतन्त्रता लोकतन्त्रले दिएको छ । बुझ पचाउने छुट पनि लोकतन्त्रले दिएको छ ।

सिर्जना सिंह जत्तिकी नेतृ नेपाली कांग्रेस जत्तिको पार्टीबाट उक्मेदवार बनेपछि प्रतिस्पर्धीहरूलाई निश्चिय पनि सजिलो छैन, के भनेर खुइल्याउन सकिन्छ ? भन्ने छिद्रान्भेषण गर्दै जाँदा प्रतिपक्षीहरूले पाएको ठाउँ भनेकै गणेशमान सिंहकी बुहारी र प्रकाशमान सिंहकी श्रीमती भएकै कारण टिकट पाएकी हुन् भन्ने आरोप हो । यो कुरा असत्य पनि होइन ।

गणेशमान र मंगलादेवी सिंहकी कुलबधु हुन पाउनु र नेपालको निर्णायक राजनीतिक घडीको प्रत्यक्ष साक्षी हुन पाउनु सिर्जनाका लागि गौरवकै विषय हो । उनको थप योग्यता पनि हो यो, तर गणेशमान र मंगलादेवी सिंहको घरमा समेत राजनीतिमा धेरै ठूलो योगदान भएकी र पढेलेखेकी बुहारीलाई चुलाचौकामा सीमित गरेर राखिएको छ भन्दै तारे होटलका गोष्ठीहरूमा भाषण गर्दै हिँड्ने एमालेका महिलाहरू नै हुन् । यति ठूलो योगदान र क्षमता भएकी महिलालाई गृहणीका रूपमा ओझेलमा पारियो भन्दै गोष्ठी गरेर हिँड्ने महिला नेतृहरू आज परिवारवाद हावी भयो भनेर किन रोइलो गर्दैछन् ? यो प्रश्न कम रहस्यमय छैन । केशव स्थापित मेयर हुँदा निमुखा छोरी चोलीहरूका लागि महानगरपालिकाको कार्यालय के कति सुरक्षित थियो ? भन्ने लेखाजोखा होला भन्ने सामान्य भेउ पनि यिनले किन नपाएका होलान् ? महानगरकै पूर्वकर्मचारी रश्मिला प्रजापति र पत्रकार उज्जला महर्जन त हिम्मत गरेर सतहमा प्रकट भएका मात्रै हुन सक्छन्, डरका कारण उत्पीडनलाई बाहिर ल्याउन नसकेका छोरी चेलीहरू अझ कति होलान् ?

प्रतिक्रिया