आज १ हजार १२८ जनामा संक्रमण पुष्टि

काठमाडौं । स्वास्थ्य मन्त्रालयले शुक्रबार अपरान्ह दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक हजार एक सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २० हजार ९८९ वटा नमुना परीक्षण गर्दा १ हजार १२८ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सत्र हजार चार सय ४७ जनामा गरिएको पीसीआर परीक्षणमा ६ सय ६६ जनामा र तीन हजार पाँच सय ४२ जनामा एन्टिजेन परीक्षण गर्दा चार सय ६२ जनामा संक्रमण देखिएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ रहेको छ । पछिल्लो २४ घण्टामा दुई हजार २१५ डिस्चार्ज भएका छन् भने मृत्यु हुनेको संख्या १४ रहेको छ ।

प्रतिक्रिया