महिला सबल र सक्षम नभएसम्म विभेदको अन्त्य हुँदैन : सांसद श्रेष्ठ

रौतहट । नेकपा एमाले कोशी प्रदेशसभा सदस्य मिना श्रेष्ठले महिला र पुरुषबीचको समानता कायम नभएसम्म महिलामाथि हुने हिंसा र विभेदको अन्त्य नहुने बताएकी छन् । आइतबार रौतहटको चन्द्रनिगाहपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिवरुपमा काम गरेकी प्रदेश सांसद श्रेष्ठले महिलासँग गर्भदेखि नै विभेद हुने गरेको बताइन् ।

इटहरी उपमहानगरपालिका– ६ घर भएकी प्रदेश सांसद श्रेष्ठले आफू २०४६ सालदेखि राजनीतिक क्षेत्रमा लागेको जानकारी दिँदै महिला जुनसुकै चुनौतिको सामना गर्न सक्षम रहेको रअवसर नपाएर महिला पछाडि परेको जिकिर गरिन् । राजनीतिक क्षेत्रमा आउँदा घरपरिवार तथा समाजको तिखो आलोचनाको शिकार हुनुपर्ने उल्लेख गर्दै उनले विभेद हटाउन महिला शिक्षित र आत्मनिर्भर हुनुपर्ने धारणा राखिन् ।

उनले आफू नेकपा एमालेको वर्गीय संगठन जनसांस्कृतिक मञ्चको सदस्यबाट राजनीतिक यात्रा सुरु गरेकी श्रेष्ठ वडा कमिटी, नगर कमिटी, क्षेत्रीय कमिटी हुँदै जिल्ला कमिटिदेखि केन्द्रिय विभाग सम्मको जिम्मेवारी निर्वाह गरेको बताइन् । नेपालमा विभिन्न कालखण्डमा भएको संघर्ष र आन्दोलनले सत्ता परिवर्तन भए पनि महिलाप्रति हेर्ने दृष्टिकोणमा अहिलेसम्म चाहे जतिको परिवर्तन हुन नसकेको उनको भनाई छ ।

सांसख श्रेष्ठले पितृ सतात्मक सोचले जरो गाडेको समाजमा महिलाप्रति विभिन्न बहानामा दमन, शोषण, विभेद गर्ने कार्य जारी नै रहेको उल्लेख गरिन् । राजनीतिमा महिलालाई धेरै नै समस्याको चुनौतिको सामना गर्नुपर्ने बताउँदै प्रदेश सांसद श्रेष्ठले अवसर पाए महिलाले पुरुषहरुले जस्तै कार्य गरेर देखाउन सकिने दाबी गरिन् । बुबाको किरियामा बसेको बेला रौतहट आएकी सांसद श्रेष्ठले विभेद र हिंसा अन्त्य गर्न महिलाले पूर्णरुपमा सक्षम हुनु जरुरी रहेको बताइन् ।

उनले कोशी प्रदेश सरकारले महिलालाई कानुनी रुपमा अधिकार सुनिश्चित गर्नका लागि दलित, मुस्लिम, आदिवासी जनजातिलगायत विभिन्न जातिय आधारमा आरक्षणको कानुन बनाउन लागिएको जानकारी दिइन् । प्रदेश सांसद श्रेष्ठले आफू राजनीतिमा आउँदा पारिवारिक, सामाजिक आलोचनाको समाना गर्नुपरेको भन्दै महिला हुँदैमा यो गर्न पाइदैन त्यो गर्न पाइदैन भन्न नमिल्ने बताइन् ।

प्रतिक्रिया