प्रतिपक्षको नाराबाजीकै बिच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं । प्रतिपक्ष सांसदहरूको नाराबाजीकै बिच घेरा तोड्दै अर्थमन्त्री वर्षामान पुनले पेश गरेको २०८१–८२ को आर्थिक सर्भेक्षण संसदमा बहुमतले पारित भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि ल्याएको नीति तथा कार्यक्रम संघीय प्रतिनिधिसभा बैठकबाट पारित भएको हो ।

प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीकै बीच छलफल सकेपछि सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम होहल्लाकै बिच बहुमतले पारित गरेको घोषणा गरे ।

त्यसअघि नीति तथा कार्यक्रममा चित्रबहादुर केसी, प्रेम सुवाल, स्वर्णिम वाग्लेलगायतले छलफलमा सहभागी भएका थिए । त्यसमा प्रेम सुवालले गरेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो भने छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका थिए ।

सोसँगै सभामुख घिमिरेले निर्णयार्थ पेस गरेकामा बहुमतले पारित भएको बताएका थिए। योसँगै बैठकको आजको कार्यसूची स्थगित भएको छ भने एकैचोटि बजेट प्रस्तुत हुने दिनलाई बैठक बोलाइएको छ । अब अर्को बैठक आगामी मंगलबार दिउँसो १ बजे बस्ने छ ।

प्रतिक्रिया