मान्ममा प्रभु बैंकको शाखा

कालिकोट । कालिकोटमा प्रभु बैंकको शाखा सञ्चालनमा आएको छ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आइतबार सदमुकाम मान्ममा ३०५औँ शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैंकिङ सेवा विस्तार गर्ने बैंकको लक्ष्य रहेको बैंकले जनाएको छ ।

उक्त बैंकको यो अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको कालिकोट शाखा प्रबन्धक दिलिप उपाध्याय जानकारी दिए ।

बैंकको मान्मा शाखामार्फत स्थानीय बासिन्दा, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको शाखा प्रमुख उपाध्यायले बताए ।

प्रभु बैंकका नेपालभर ३०५ शाखा कार्यालयहरू, २८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिमार्फत सेवा प्रवाह गर्दै आइरहेको प्रबन्धक उपाध्यायले बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया