सोमबारसम्म संसदको गत्यावरोध अन्त्यका लागि सहमति हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको गत्यावरोध अन्त्यका लागि बैठक सुचारु गर्ने सम्बन्धमा आज नभए भोलि अर्थात् सोमबारम्म सहमति र समझदारी हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आव २०८१–०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री दाहालले भने, ‘मैले बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेर उहाँसँग भेट गरी सहमतिको प्रयास गरेको छु, आज नभए भोलिसम्म बजेट संसदबाटै ल्याउने गरी सहमति र समझदारी बन्ने विश्वास छ ।’

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै संसदीय छानबिन समिति गठनको मागका गर्दै आएको छ ।

प्रतिक्रिया