एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक अग्रिम भुक्तानी बिमाअन्तर्गत वार्षिक १३ हजार रुपैयाँ बुझाउने शर्तमा तीन वर्षको अवधिमा ३९ हजार जम्मा गरी वार्षिक अग्रिम भुक्तानी बिमा गराएको एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड उप शाखा मुगुका प्रमुख मुकेश शाहीले जानकारी दिए ।
बिमित मृतक टोपबहादुर विष्ट गत २६ असोजमा छायानाथ रारा नगरपालिका-७ पिना बस दुर्घटनामा परी थप उपचारको लागि नेपालगञ्जमा मृत्यु भएको थियो । बिमितकर्ता लामाले पहिलो किस्ता १३ हजार कम्पनीमा जम्मा गराएका थिए ।
विष्टको मृत्यु भएपछि उनले तीन वर्षमा पाउने कुल चार लाख बराबरको हो । तर, वैशाखको किस्ता नहाल्दा त्यसको आधा दुई लाख बराबरको रकम उनको घरमै पुगी उनकी श्रीमती गोरीकला विष्ट र अन्य स्थानीय शिक्षकको रोहवरमा हस्तान्तरण गरिएको ईन्चार्ज शाहीले बताए । मृतक दाबी रकमबाट उपलब्ध भएको दुई लाख रकम एनआईसी बैकमा खाता खोली जम्मा गरेको गोरीकलाले बताइन् । उनका दुई छोरा छन् । खड्क सुनार/न्युज कारखाना
प्रतिक्रिया