लक्ष्मी सनराइज बैंकका दुई शाखा स्थानान्तरण

काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यकाभित्रका आफ्ना दुईवटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको महाराजगञ्जस्थित दुई शाखामध्ये १ शाखा अब भक्तपुर जिल्लास्थित सूर्यविनायक नगरपालिका– २, बालकोटमा स्थानान्तरण गरिएको छ ।

त्यसैगरी, काठमाडौं महानगरपालिकाको पेप्सिकोलास्थित दुईमध्ये एक शाखा भक्तपुरस्थित मध्यपुर ठिमी नगरपालिका– ८, बोडेमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएका साविकका महराजगञ्ज र पेप्सिकोला शाखाका ग्राहकहरूले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया