एसबिआई बैंकले दियो विद्यार्थीलाई ट्रयाक सुट

काठमाडौं । नेपाल एसबिआई बैंकद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको श्री सिंहेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा एल केजीदेखि कक्षा चार सम्मका विद्यार्थीहरुलाई १५३ थान ट्रयाक सुट प्रदान गरेको छ । बैंकले शिक्षा क्षेत्रमा यस खालका कार्यक्रम विगत लामो समय देखि गर्दै आइरहेको छ । सोही कार्यक्रममा बचत, लघु कर्जा, बैंक खातामार्फत विप्रेषण, सहुलियत कर्जा तथा अन्य बैंकिंग सुरक्षा तथा सचेतना सम्बन्धि वित्तीय साक्षरता कार्यक्रम समेत आयोजना गरिएको थियो ।

प्रतिक्रिया