सिन्धु र देवमानको आवाजमा गीत ‘पछ्यौरिको सप्को’ आउँदै

काठमाडौं । गायिका सिन्धु मल्ल र गायक देवमान तन्डुकारको आवाजमा ‘पछ्यौरिको सप्को’ बोलको लोकदोहोरी गीत बजारमा आउँने भएको छ ।

केही दिनपछि युट्युबमार्फत सार्वजनिक हुने उक्त गीतमा सुमन पण्डितको शब्द र गायिका सिन्धुकै श्रीमान् सुदाम थापा र छाेरा सक्षमसिहं थापाको संयुक्त संगीत रहने संगीतकार थापाले जानकारी दिए ।

साउण्ड डिजाइन स्टुडियो नक्शालमा रेकर्ड हुन लागेको गीतमा थापाको आफ्नै संगीत संयोजन रहने बताइएको छ । तर, गीतको भिडियोमा भने कस–कसलाई सहभागी गराउने भन्ने विषयमा छलफल भइरहेको संगीतकार थापाले बताए ।

गायन यात्रामा गायिका सिन्धु मल्ल र गायक देवमान तन्डुकार आगामी दिनमा सहकार्य गर्दै जाने थापाले बताए । गायिका मल्लको आवाजमा यसभन्दा अगाडि पनि दर्जर्नौँ चर्चित गीतहरु बजारमा आइसकेका छन् ।

प्रतिक्रिया