संस्थापन इतर समुहमा सहमति नभए लोकतान्त्रिक प्रक्रिया अनुसार प्रतिष्पर्धा हुन्छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संस्थापन इतर समुहमा सहमतिमा उम्मेदवार नबने लोकतान्त्रिक प्रक्रिया अनुसार प्रतिष्पर्धा गर्ने बताएका छन् । सिंहदरबार मूलगेट अगाडीको यलम्बर पार्टी प्यालेसमा आफ्नो महाधिवेशन केन्द्रित सम्पर्क कार्यालयको शुरुवात गर्दै नेता सिंहले अहिले पनि सहमतिको प्रयास भैरहेको बताउदै सहमति नबनेमा लोकतान्त्रिक प्रक्रिया अनुसार प्रतिष्पर्धा गर्ने बताएका छन् ।

अहिले पनि सहमतिको प्रयास भैरहेको र आजपनि छलफल जारी रहेको सिंहले बताए । नेता सिंहले आफु आम कार्यकर्ताको तहबाट राजनीति गरेर यहाँ सम्म आएको बताउदै आफु सभापतिको स्वाभाविक उम्मेदवार रहेको बताएका छन् ।

कार्यक्रममा नेता सिंहले सभापतिको उम्मेदवार बन्ने तर्फ नै संकेत गरेका छन् । सहमति भयो भने पछाडी हट्नु हुन्छ भन्ने प्रश्नमा सिंहले भने- ‘सम्पर्क कार्यालय खोलेको बाट नै बुझ्नु भएन र म कसरी लागि रहेको छु भनेर ?” उनले सभापति शेरबहादुर देउवाको कार्यकाल सफल नभएको बताउदै महाधिवेशन प्रतिनिधिले सहि मुल्यांकन गरेर नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन् । उनले आफ्नो सम्पर्क कार्यालयमा आजदेखि बिहान ८ बजेदेखि कार्यकर्ता भेटघाट र छलफल शुरु गर्ने बताएका छन् ।

प्रतिक्रिया