हरिजन को ? जात के ?

डा. मिठाराम विश्वकर्मा

कामी, दमै, सार्की, मुसहर, डोम आदि सबैलाई सिंगै डल्लो पारेर संविधानले ‘दलित’ बनाइसक्यो, कुनकुन जातलाई दलित भनिएको छ ? त्यो त बुद्धिजीवी दलितले बुझ्नुभएकै छ । संविधानले न्वारान गरेर ‘दलित’ भन्ने थर राखिदिइसक्यो । दलितले पाउनुपर्ने अधिकारतिर लागौ न । किन यो धर्म यस्तो, ऊ धर्म त्यस्तो, यो जात यस्तो, उजात त्यस्तो भनेर समय खर्च गर्ने ? दलित भित्र पोको पारेका सबै समूहले आफ्नो नामको पछाडि ‘दलित’ थर राखे हुन्न ? किन विश्वकर्मा, परियार, नेपाली, आदि राख्ने ?

गांधीले हरिजन किन भने ? यो प्रश्न चर्चा गर्न लायक छ ।  गांधी निकै चतुर मानिस थिए । खासगरी भारतीय मानिसले मन्दिरमा गएर पुत्र प्राप्तको कामना गर्दथे । तर, पुत्री जन्मे मन्दिरमा कन्यादान गर्थे । तर, जब कन्या तरुनी हुन्थिन् उनलाई मन्दिरका पुजारीको आँखा लाग्थ्यो । यसै सन्दर्भमा कन्याले बच्चा जन्माउथिइन त्यो बच्चालाई पुजारी पण्डितले स्वीकार गर्दैनथे । त्यसलाई हरिबाट पैदा भएको भनेर ढाँटछल गिरिन्थ्यो । त्यस बच्चालाई हरिबाट जन्म भनिन थालियो, कन्याले यसलाई मान्नुपथ्र्यो । यसरी हरिजन शब्दको उत्पत्ति भयो । जसलाई अंग्रेजीमा Bastard भनिन्छ ।

यता चतुर राजनीतिकज्ञ बनिया गांधीले भारतीय अछुतलाई हरिजनको संज्ञा दिए जुन जातीय समस्याको समाधान थिएन । यो गांधीको चतुर्याइँ थियो । यसलाई गांधीको न्याय मान्न सकिन्न । अर्कोतिर अम्बेडकरले धर्म परिवर्तनबाट जातीय समस्या समधान हुन्छ भने । यो अम्बेडकरको गम्भीर त्रुटी थियो । अम्बेडकरकी दोस्री पत्नी ब्राह्मण थिइन । उनैबाट अम्बेडकरको हत्या भएको चर्चा पनि छ । अम्बेडकरको मृत्युपछि त्यो मृत्यु स्वभाविक होइन भनेर उनका अनुयायीहरूले विरोध जनाए र डिआजी सक्सेनाको अगुवाइमा एउटा छानबिन समिति बनाइयो तर यसको टुंगो आजका दिनसम्म लागेको छैन ।

नेपालमा पनि बडो चलाखीपूर्ण ढंगबाट दलित भन्ने शब्द आएको छ । दलितको अर्थ पनि Degraded (पतित) मानिन्छ । यो पनि जातीय समस्याको समधान होइन । तर, नेपालको संविधानमा व्यवस्था भएको समानुपातिक समावेशी पूर्णतः लागू हुनुपर्छ । यसमा नै दलित भनिएका जातिको कल्याण हुन सक्छ । समाजवाद विनाको प्रजातन्त्र हुन सक्दैन, प्रजातन्त्रमा समाजवाद अनिवार्य सर्त हो । यस्तो भएमा कुनै पनि पार्टीको ढोकामा धर्ना बस्न आवश्यक हुनेछैन । आधार समानुपातिक समावेशी हुन सक्छ र यसैबाट समाजवादको पनि कार्यन्वयन हुनसक्छ ।
हिन्दू राष्ट्र बचाउ भनेर गज्जबसँगै लागिएको थिइयो तर आज ‘खोइ मुसो दुलाभित्र पस्यो ।’ जस्तो भएको छ । अहिले जनगणना चलिरहेको क्या रे ! अब किन थर खोज्नु प¥यो ? हर्षनारायण दलित, आङ्ले आदिवासी जनजाति, नौप्रसाद खस–आर्य, साधुराम मधेसी भनेर नामको पछि राखेपछि जातिको पहिचान भइहाल्छ नि । संविधानमा यहि लेखिएको छ क्या रे ! अब किन जातको पहिचान तिर लाग्ने र !

संविधानमा दलित र आदिवासी जनजातिको मात्रै सूचीकरण गिरएको छैन खसआर्य भन्नाले ब्राह्मण, क्षेत्री र दशनामी सन्यासी भन्ने बुझ्नु भनेर संविधानमा आरक्षण गिरएको छ । यी बाहेक अरू खसआर्य होइनन् ? पहाडीया दलित खसआर्य होइनन् ? ब्राह्मण, क्षेत्री र दशनामी सन्यासीलाई पनि आरक्षणको व्यवस्था भएपछि अरूको आरक्षणको किन रिस गर्ने ? नपत्याए नेपाली कांग्रेसको अधिवेशनतिर जानु त । रैथाने त भइहाले बाँकीले खसआर्यको कोटामा लडिरा छन् । नेपाली कांग्रेस कस्तो समाजवादी पार्टी हो बुझ्नै कठिन हुन थाल्यो । समानुपातिक समावेशी–जिन्दावाद !!!

कसले गाई काटछ, सुंगुर काटछ, भैंसी काटछ, कुखुरा काट्छ यतातिर बुद्धि खर्च नगरेर संविधानमा व्यवस्था भएको समानुपातिक समावेशीलाई पूर्णतः लागू गराउन दलितका बुद्धिजीवीको गहन विचार जाहोस् न । अहिले कामी, दमै, सार्की, मुसहर, डोम आदि सबैलाई सिंगै डल्लो पारेर संविधानले ‘दलित’ बनाइसक्यो, कुनकुन जातलाई दलित भनिएको छ ? त्यो त बुद्धिजीवी दलितले बुझ्नुभएकै छ । संविधानले न्वारान गरेर ‘दलित’ भन्ने थर राखिदिइसक्यो । दलितले पाउनुपर्ने अधिकारतिर लागौँ न । किन यो धर्म यस्तो, ऊ धर्म त्यस्तो, यो जात यस्तो, उजात त्यस्तो भनेर समय खर्च गर्ने ? दलितभित्र पोको पारेका सबै समूहले आफ्नो नामको पछाडि ‘दलित’ थर राखे हुन्न ?

किन विश्वकर्मा, परियार, नेपाली, आदि राख्ने ? सकेसम्म आपूmलाई बाहुन नै ठानुन् भनेर पोखरेल, भुसाल, बस्याल, पौडेल, भन्ने तर लुकिछिपी दलितको अधिकार लिन पनि पछि नपर्ने । यसले दलितको जनसंख्या घटेको छ, दलितको जनसंख्या एकिन गर्ने हो भने आफ्नो नामको पछाडिको थर ‘दलित’ राख्दा ठिक हुँदैन र ? किन कामीले आपूmले आफैँलाई देवता ठानेर विश्वकर्मा भने जस्तै ? विश्वकर्मा कुनै थर हो र ? गांधीले हरिजन भनेर पोको पारेका थिए, नेपालको संविधानले दलित भनेर पोको पारेको छ । संविधानको पूर्ण कार्यन्यनबाहेक अर्को विकल्प छैन । वर्तमान संविधान दलित मैत्री छ, यसमा कुनै शंका छैन । कार्यन्वयन हुनुपर्यो ।
(फेसबुकबाट )

प्रतिक्रिया