वेवारिसे अवस्थामा छोडिएको ३ क्विन्टल चिनि बरामद

बर्दिया । भारतबाट अबैध रुपमा भन्सार चोरी निकासी गरी ल्याई वेवारिसे अबस्था छोडेको चिनि बरामद गरिएको छ । भदौ २८ गते राती जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलिले उक्त चिनि बरामद गरेको हो । वेवारिसे अबस्थामा छोडिएको अनुमानित रू २१ हजार बराबरको ३ क्विन्टल ५० किलोग्राम चिनी फेला परेको प्रहरीले जनाएको छ । उक्त चिनि आबश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया पठाईएको जनाइएको छ ।

प्रतिक्रिया