प्रमोदको गीत ‘परिष्कृत’

काठमाडौं । गायक प्रमोद खरेलको आवाज रहेको नयाँ गीत ‘परिष्कृत’ सार्वजनिक भएको छ । भिडियोसहित सार्वजनिक गरिएको गीतमा चन्द्र प्रसाई ‘परिष्कृत’ को शब्द, राजेन्द्र सुवेदीको संगीत र बि.एन निराकरको एरेन्ज रहेको छ । प्रेम र बिछोडको पीडा समेटिएको गीतको भिडियोमा प्रतिशा शर्मा रिजाल र सनीश बज्राचार्यको अभिनय छ । प्रतिशा र सनीशलाई रचु सुवेदी, विवेक सापकोटा, प्रभात किरण सिग्देल र सुमनता घिसिङले अभिनयमा साथ दिएका छन् ।

सजल र सलिल न्यौपानेको कन्सेप्ट र मनिष बशिष्टको सहयोगमा भिडियो एनइपिएस भिजनको टिमले निर्माण गरेको हो । गीतकार प्रसाईंकै प्रसाइसन इन्टरटेनमेन्ट युट्युबबाट सार्वजनिक गरिएको भिडियोको छायांकन तथा सम्पादन सलिल न्यौपानेले गरेका हुन् । चितवन स्थायी घर भएका प्रसाईं पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आएका छन् ।

प्रतिक्रिया