सिप्रदी ट्रेडिङ र शिखर इन्स्योरेन्स वीच अटोप्लस सम्झौता

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिग प्रालि र शिखर इन्स्योरेन्स कम्पनीबीच अटो प्लसमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिप्रदी ट्रेडिगको तर्फबाट संस्थाका उप–सभापति सौरव राज थपलिया र शिखर ईन्स्योरेन्सको तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

अटो प्लस सम्झौतामा टाटा मोर्टसद्धारा उत्पादित गाडीहरु जस्तै टाटा योद्धा, टाटा एस र टाटा इन्ट्रामा लागु हुनेछ । यस अटो प्लस स्मिममा सवारी साधन दर्ता भएको मितिबाट ५ वर्षसम्म लागु हुनेछ । साथै, यो स्कीम ब्यापक मोटर बीमा पोलिसीमा मात्र लागु हुनेछ । जस अन्तर्गत शुन्य ह्रासकट्टी, गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्म टाटा योद्धाको लागि दैनिक भाडादर ३ हजार रुपैयाँ र टाटा एस÷टाटा इन्ट्राका लागि भाडादर एक हजार ५ सय रुपैयाँ दिइने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया