पाँच स्रष्टालाई सन्ध्या पुरस्कार

काठमाडौं । साहित्य सन्ध्याले २०७७ सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ पाँच स्रष्टालाई प्रदान गर्ने निर्णय गरेको छ । सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको संयोजकत्वमा विधान आचार्य र यशोदा अधिकारी सदस्य रहेको तीन सदस्यीय समितिले गरेको सिफारिसलाई कार्यसमिति बैठकले अनुमोदन गरेको हो । पुरस्कृत तथा सम्मानित हुनेमा अनिता लामा, डा.राजेन्द्रप्रसाद अधिकारी, डा. शेषराज आचार्य (दीक्षित), दिलबहादुर कार्की र प्रतीक ढकाललाई दिइने भएको छ । पुरस्कार तथा सम्मान आगामी १२ भदौमा प्रदान गरिने जनाइएको छ । काभ्रेको तेमाल गाउँपालिका ४ मेच्छेमा जन्मिएकी अनिता लामाले विशेषगरी कविता विधामा समर्पित भएर निरन्तर सिर्जनारत् रही तीनओटा कविता संग्रह प्रकाशन गरिसकेकी छन् ।

नेपाली प्रगतिवादी साहित्यमा योगदान तथा नेपाली समाजको समग्र रूपान्तरणका लागि सिर्जना, वैचारिक संगठन, समाजसेवा र जनपरिचालनका माध्यमबाट विशिष्ट योगदान दिएको भन्दै २०७७ सालको १५ हजार राशिको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ द्वारा सम्मानित गर्न लागेको हो । यस्तै, साहित्य सन्ध्याले हरेक महिनाको पहिलो शनिबार गर्ने गोष्ठीमा प्रत्यक्ष सहभागी भई वर्षभरिका गोष्ठीमध्ये सबैभन्दा बढी कार्यक्रममा सहभागी स्रष्टामध्येबाट एकजनालाई पुरस्कृत गर्ने व्यवस्थानुसार नुवाकोटको खड्गभञ्ज्याङ–८ पिपलडाँडाका डा.राजेन्द्रप्रसाद अधिकारीलाई पुरस्कृत गरिएको हो । यस वर्ष सन्ध्याले सम्पन्न गरेका एघारओटा प्रविधिमैत्री गोष्ठीमध्ये छओटामा प्रत्यक्ष सहभागी भई सिर्जना वाचन गरेका अधिकारीलाई २०७७ सालको ५ हजार राशिको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ प्रदान गरिएको होे ।

तनहुँको चुँँदीरम्घा, तेर्सेपानीका डा. शेषराज आचार्य (दीक्षित) ले सरकारी छात्रवृत्तिमा पढेर २०२२ सालमा प्रथम श्रेणीमा आयुर्वेदाचार्य उत्तीर्ण गरी आफ्ना जीवनका एकचालिस वर्ष सरकारी सेवाका काम गरेका छन् । उनी चौध वर्षसम्म स्वास्थ्य मन्त्रालय, आयुर्वेद विभाग, नरदेवी आयुर्वेद चिकित्सालयको प्रमुखका रूपमा सेवा गरी २०६४ सालमा अवकाशप्राप्त भएका थिए । ओजस आयुर्वेद हस्पिटल एन्ड रिसर्च सेन्टरको संस्थापक अध्यक्षका रूपमा भूमिका निर्वाह गरिरहेका आचार्य नेपाली जनताका सेवामा अविच्छिन्न समर्पित भइरहेका छन् । उनले ‘हिम–हिमा बिहा’ खण्डकाव्य, ‘शब्द तरङ्गिणी’, ‘अतीतका स्मृतिहरू’ र ‘सचित्र जडीबुटी संग्रह’ जस्ता कृतिसमेत प्रकाशित गरेका छन् । उनलाई आयुर्वेद चिकित्सा र नेपाली साहित्यका क्षेत्रमा अमूल्य योगदान दिएको भन्दै २०७७ सालको १० हजार राशिको ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’ प्रदान गरिएको साहित्य सन्ध्याले जनाएको छ ।

यसैगरी पाँचथरको सराङडाँडामा जन्मिएका दिलबहादुर कार्कीले २०६४ सालमा काठमाडौंको गोकर्णमा संयुक्त अपांग एकता आबाज केन्द्रको स्थापना गरी अपांगता भएका, अनाथ बालबालिकाको शिक्षादीक्षा, स्वास्थ्य र लालनपालनमा आपूmलाई समर्पित गदै आएका छन् । उनले हाल ४८ जना बालबालिकालाई आश्रय दिएका छन् । आपूmले भोगेको जीवनबाट पाठ सिकेर त्यही क्षेत्रमा सेवा गर्न आपूmलाई समर्पित गरेकाले २०७७ सालको दश हजार राशिको ‘साहित्य सन्ध्या–कृष्णचन्द–बालकुमारी पुरस्कार तथा सम्मान’ दिइएको हो ।

ताप्लेजुङको याङरूप दोरुम्बामा जन्मिएका प्रतीक ढकालले नेपाली साहित्यका विविध विधामा कलम चलाएका छन् । साथै उनका नियात्रा विधाका दशओटा कृति प्रकाशित छन् । साहित्यका माध्यमबाट नेपाली समाजको रूपान्तरण अभियानमा विशिष्ट योगदान गरेकाले २०७७ सालको ‘साहित्य सन्ध्या–हरिप्रिया–हरिप्रसाद चापागाईं नियात्रा पुरस्कार तथा सम्मान’ प्रदान गरिएको साहित्य सन्ध्याले जनाएको छ ।

प्रतिक्रिया