प्लान नेपालको सहयोगमा विद्यार्थी विद्यालयमा

कालिकोट । विद्यालय बाहिर रहेका वालवालिकाहरु विद्यालय जाने भएका छन् । प्लान इन्टरनेशनल नेपाल र मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपालले रास्कोट नगरपालिका, नरहरीनाथ गाउँपालिका र सान्नीत्रिवेणाी गाउँपालिकामा बालवालिकाको क्षेत्रमा काम गदै आएको छ ।

वालवालिकालाई आवश्यक पर्ने स्टेशनरी तथा अन्य परामर्श दिएर विद्यालय बाहिर रहेका वालवालिकालाईहरु विद्यालय जान प्रोत्साहन गरेको छ । परम्परागत हानिकारक अभ्यास अन्त्यका लागि प्लान इन्टरनेशनल नेपालको सहयोगमा जिल्लाका ३ स्थानीय तहमा सिओसी क्लव, स्तरबृद्धिका लागि सहकारीलगायत विभिन्न वालवालिका तथा किशोर किशोरीहरुका क्षेत्रमा काम गर्दै आएको छ ।

विस्वभरी महामारी को रुप मा फैलियको कोरोना भाइरस कोभिड – १९ को जोखिम नेपाल का बिभिन्न भाग हुँदै कर्णाली प्रदेशमा प्रवेश भयो । अझै कर्णाली प्रदेशको कालिकोट जिल्लामा पनि कोरोना भाइरसको प्रभाव र संक्रमण झन–झन देखिन थाल्यो । थुप्रै शैक्षिक संस्था, कार्यालय, ब्यवसाय तथा विकास निर्माणका कार्यहरु ठप्प भए ।

बन्दाबन्दी र जोखिमको समयमा विद्यार्थीहरुलाई स्वास्थ्य सामग्री तथा अन्य स्टेशनरीका सामानहरु प्लान इन्टरनेशनल नेपाल र हुरेन्डेकको पहलमा वितरण गरिएको प्लान इन्टरनेशनल नेपाल कालिकोटका कार्यक्रम संयोजक शिव शंकर न्यौपानेले बताए ।

उनले भने, ‘रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा बालवालिका, किशोर किशोरीका क्षेत्रमा प्लान इन्टरनेशनल नेपालको सहयोगमा हुरेन्डेक नेपाल कालिकोटको सहजिकरणमा विभिन्न कार्यक्रम लागू गरेका छौँ ।’ कार्यक्रम लागूपश्चात बालविवाह,जातिय छुवाछुत लगाएतका परम्परागत हानिकारक अभ्यास न्युनिकरणमा ठूलो सहयोग पुगेको बताएका छन् ।

विशेष गरी विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय जान प्रोत्साहन गर्नका लागि प्लान इन्टरनेशनलले विभिन्न किसिमका कक्षा सञ्चालन गरी अभिभावक र विद्यार्थिहरुलाई प्रेरीत गरेको हुरेन्डेक नेपालका अध्यक्ष जजराज शाहीले बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया