देउवा सरकारबाट जनतालाई धेरै आशा छैन : कमल थापा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गठबन्धनबाट बनेको नयाँ सरकारबाट जनताले धेरै आशा र भरोसा नगरेको बताएका छन् । राप्रपा मकवानपुरद्वारा हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले शान्ति, स्थिरता र समृद्धिको जनताको आशा विपरीत धर्म परिवर्तन, विदेशी चलखेल र भ्रष्टाचार व्याप्त भएकाले जनतामा निराशा र आक्रोश रहेको बताए ।

गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमूलक ढंगले लादिएको उनले दाबी गरेका छन् । यस्तै उनले महाधिवेशनलाई केन्द्रमा राख्दै संगठन सुदृढीकरण अभियान सञ्चालन जिल्लाका कार्यकर्ताहरूलाई निर्देशन दिए ।

प्रतिक्रिया