कोरोनाको खोप लिन आज वायुसेवा निगमको जहाज चीनतर्फ उड्दै

काठमाडौं । कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप लिन आज राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको जहाज चीनतर्फ उड्ने भएको छ ।

उक्त वाइडबडी जहाज राति ११ बजे चीनतर्फ उड्ने निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए । आज राति जाने जहाज भोलि (बिहीबार) बिहान खोप लिएर फर्कने उनको भनाइ छ ।

यसअघि गत असार ३१ गते चीन जाने भनिए पनि जहाजको तालिका परिवर्तन गरेर एक हप्ता लम्ब्याइएको थियो । साथै, साउन ७ गते पुनः जहाज गएर साउन ८ गते र साउन ९ गते गएर जहाजले साउन १० गते खोप नेपाल ल्याउने महाप्रबन्धक पौडेलले बताए ।

चीन सरकारसँग नेपाल सरकारले ‘भेरोसेल’ खोप खरीद गरेर ल्याउन लागेको हो ।

प्रतिक्रिया