राष्ट्रिय मुक्ति क्रान्तिको संवाद कार्यक्रम

महोत्तरी । राष्ट्रिय मुक्ति क्रान्ति मधेस ब्युरोको आयोजनामा संवादात्मक कार्यक्रम महोत्तरीमा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा क्रान्तिका अभियानी राजीव झाले उदारवाद र माक्र्सवाद दुनियाबाट असफल भइसकेकोले बहुलराष्ट्र राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति क्रान्ति आवश्यक रहेको बताए । कार्यक्रममा समाजका अगुवा, बुद्धिजीवी, पत्रकार, प्राध्यापक, अधिवक्ता, शिक्षक, प्रबुद्ध वर्गको उपस्थिति रहेका थिए ।

कार्यक्रममा पूर्वमन्त्री राम नरेश यादवले मधेसी, जनजाति मिल्नुको बिकल्प नरहेको बिगतमा मधेस आन्दोलन, जनजाति आन्दोलन, थरुहट आन्दोलन पहिचानको आन्दोलन छुट्टाछुट्टै लडेकोले सफल नभएको जिकिर गरे ।

कार्यक्रममा अभियानी राम सिकिल चौधरीले मौलिक विचारको आधारमा समाज व्यवस्था गर्ने प्रयासको सराहना गरे । कार्यक्रममा संजय सिंह, संजय चौधरी, धनुषाका पूर्व जिसस उपप्रमुख दिपक झा, निरुता मोक्तान, जिगमेला बम्जन लगायतकाको अउस्थित रहेको थियो ।

प्रतिक्रिया