देउवालाई भेट्न महन्थ ठाकुर बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन् । आफ्ना सांसदहरुले छाड्ने संकेत पाएपछि अप्रत्यासित रुपमा प्रधानमन्त्रीमा देउवालाई समर्थन गरेका महन्थले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारसँग भएका सहमतिलाई अगाडि बढाउन आग्रह गरेका छन् ।

पार्टीका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई समूहको साथसहित देउवा प्रधानमन्त्री बनेपछि महन्थ-राजेन्द्र महतो कमजोर बन्न पुगेका थिए । उनीहरुलाई साथ दिएका सांसदहरुले छाड्ने संकेतसँगै ‌ओलीको साथ छाडेर ठाकुर-महतो देउवातिर लागेको हो ।

हिजोमात्रै जनता समाजवादी पार्टीको बैठकले केपी शर्मा ओलीको सरकारले आफ्ना माग केही हदसम्म सम्बोधन गरेको भन्दै धन्यवाद ज्ञापन गरेको थियो । साथै ती मागहरु पूरा गर्नका लागि शेरबहादुर देउवा नेतृत्वसँग आग्रह गर्ने निर्णय गरेको थियो। त्यसको भोलिपल्ट आज महन्थ बालुवाटार पुगेका हुन् ।

प्रतिक्रिया