हेल्भेटास र हुरेन्डेकले गर्यो नरहरिनाथमा स्वास्थ सामग्री वितरण

कालिकोट । वार्म–पि हेल्चेटास र हुरेन्डेकको सहजिकरणमा नरहरिनाथ गाउँपालिका स्वास्थ शाखामा ५ लाख ४० हजार बराबरको स्वास्थ सामग्री वितरण गरिएको छ । खानेपानी तथा सरसफाईका क्षेत्रमा काम गर्दै आएको एकीकृत जलश्रोत ब्यवस्थापन कार्यक्रम वार्म–पि हेल्भेटासले साझेदार संस्था हुरेन्डेकमार्फत स्वास्थ सामग्री वितरण गरेको हो ।

कोडिभको संकटमा विभिन्न क्षेत्रमा गएर नागरिकका समस्यालाई बुझी राहत वितरण तथा उद्धारका कार्य गर्र्दै आएको हुरेन्डेक नेपाल कालिकोटले कालिकोटका स्थानीय तहमा विकास निर्माणका साथै खानेपानी, शिक्षा, सडक, पुल, युवा तथा वालवालिकाको क्षेत्रमा काम गर्दै र परम्परागत हानिकारक अभ्यास अन्त्यका लागी काम गरिरहेको छ ।

कोभिड – १९ को दोस्रो लहर फैलिएसँगै तेस्रो लहर नहुनका लागि पूर्वतयारी गर्न नरहरिनाथ गाउँपालिकामा स्वास्थ सामग्री वितरण गरेको कार्यक्रम संयोजक नरेश दर्जिले बताए । मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोट र एकीकृत जलश्रोत ब्यवस्थापन कार्यक्रम वार्म पि हेलभटासको आर्थिक सहयोगमा नरहरिनाथ गाउँपालिकामा स्वास्थ सामग्री वितरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष धिरबहादुर विष्ट, हुरेन्डेकका उपाध्यक्ष बिरेन्द्र बहादुर बुढा, वार्म–पि हेल्भेटासका कार्यक्रम संयोजक नरेश दर्जि , पालिका सामाजिक सहजकर्ता गणेश कुमार विष्ट लगायतको उपस्थितिमा स्वास्थ सामग्री वितरण गरिएको छ । हुरेन्डेकको सहजिकरणमा नरहरिनाथ गाउपालिका स्वास्थ शाखामा ५ लाख ४० हजार बराबरको स्वास्थ सामग्री वितरण गरिएको छ ।

जस्मा पिपिई सेट ५०,ग्लोवस १ हजार पिस ,सर्जिकल माक्स १ हजार पिस , हेन सेनिटाईजर ७५ लिटर, के एन नाईन्टी फाईब माक्स ५० प्याकेट , पल्स अक्समिटर १० वटा, हाईजिङ कीट बकस जनरल १० पिस , अक्सिजन कन्टेनर २ पिस गरि ५ लाख ४० हजार बराबरको स्वास्थ सामग्री वितरण गरिएको हो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया