‘हल्का रमाइलो’ र ‘जुठे’ को राहत

काठमाडौं । कोरोना कहरका कारण समस्यामा परेका घरपरिवारलाई हाँस्य टेलिशृंखला ‘हल्का रमाइलो’ र ‘जुठे’ को टोलीले राहत प्रदान गरेको छ । टोलीले गोरखा गण्डकी गाउँपालिका –१ बुटारका गोरखामा ६६ घरपरिवारलाई राहत प्रदान गरेको हो । जहाँ उनीहरुले सुनार र परियार ५० तथा नेवार, चेपाङ र गुरुङ गरी १६ घरपरिवारलाई राहत प्रदान गरेका हुन् । टेलिृृंशखलाका लेखक÷निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ, राजु पौडल लगायतका कलाकारले राहत सामग्री दिएका हुन् ।

बिहान–बेलुका ज्याला मजदुरी गरी छाकको जोहो गर्दै आएका परिवारलाई उनीहरुले सहयोग गरेका हुन् । कलाकार मरिचमान श्रेष्ठले कोरोनाको दोस्रो लहरको संक्रमण बढेसँगै लगाइएको निषेधाज्ञाका कारण अप्ठ्यारोमा परेको हुनाले उनीहरुलाई राहत प्रदान गरिएको बताए । उनका अनुसार गाउँपालिका अध्यक्ष होमबहादुर रानासँग समन्वय गरेर राहत वितरण गरिएको हो । झण्डै डेढ लाख रुपैयाँ बराबरको दैनिक उपभोग्य सामग्री चामल, नुन, तेल, दाल लगायतका खाद्यान्न वितरण गरिएको श्रेष्ठले जनाए । मरिचमानले आफूहरुले अन्य व्यक्ति वा संस्थाबाट उठाएको रकमबाट सहयोग नगरेको समेत बताए । उनले समस्यामा परेका घरपरिवारलाई आफूहरुले सक्दो सहयोग गरेको सुनाए । ‘जुठे’ हरेक बुधबार साँझ ८ बजे हिमालय टेलिभिजनमा प्रसारण हुँदै आएको छ भने ‘हल्का रमाइलो’ हरेक आइतबार प्रसारण नेपाल टेलिभिजनमा हुँदै आएको छ । निषेधाज्ञाको प्रतिकूल अवस्थामा पनि यी टेलिशृंखला नियमित रुपमा प्रसारण भइरहेका छन् ।

प्रतिक्रिया