सल्यानमा पाँचौँपटक निषेधाज्ञा थपियो

सल्यान । जिल्लामा पाँचाँैपटक निषेधाज्ञा जारी गरिएको छ । कोभिड व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले कोरोना संक्रमण रोकथामका लागि भन्दै यही १० असार राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय सल्यानमा बसेको कोभिड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा केही खुकुलो बनाउने निर्णयसमेत गरेको छ । बैठकले होटेल, खाजा, नास्ता पसल, सैलुन, रेस्टुरेन्ट, पार्लर बाहेकका अन्य पसलहरू स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य रूपमा पालना गर्दै बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुँमागाईंले जानकारी दिइन् ।

यस्तै जिल्लामा रहेका सवै बैंकहरू भने नियमित रूपमा सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी हँुमागाईंले जानकारी दिइन् । यसअघि बैंकहरू हप्तामा तीन दिन मात्रै खुल्दा बैंहरूमा भिडभाड बढेको थियो । पछिल्लो केही दिन यता जिल्लामा कोरोना संक्रमणदर नियन्त्रण उन्मुख गइरहेको र सक्रिय बिरामीहरूको संख्यासमेत कम हँुदै गएकोले निषेधाज्ञा केही खुकुलो बनाइएको हो ।

निषेधाज्ञाको क्रममा अत्यावश्यक बाहेकका सम्पूर्ण सार्वजनिक तथा नीजि सवारी साधन सञ्चालन गर्न पूर्णरूपमा रोक लगाइएको छ । तरकारी, फलफूल, माछा मासु, दाना, एग्रोभेट, दूध डेरी, खाना पकाउने ग्यास, खसीबोका ढुवानी, रासायनिक मल, बोटविरुवा ढुवानीका लागि सवारी साधनमा ब्यानर प्रिन्टमा उल्लेख गरी सञ्चालन गर्न पाइने कोभिड व्यवस्थापन समितिले निर्णय गरेको छ ।

पछिल्लो समयमा सल्यान अस्पतालमा चार जना संक्रमितको उपचार भइरहेको सल्यान अस्पतालले जनाएको छ । हाल अस्पतालमा उपचारका लागि आउनेहरूको संख्यासमेत न्यून हँुदै गएको छ । कोरोना संक्रमणकै कारण जिल्लामा ४९ जनाको मृत्यु भएको छ । तर, विगत दुई हप्तादेखि भने उपचारका क्रममा कुनै पनि संक्रमितहरूको उपचारका क्रममा मृत्यु भने भएको छैन ।

प्रतिक्रिया