मल्ल अनेरास्ववियुको केन्द्रीय सदस्यमा मनोनीत

कालिकोट । अनेरास्ववियु माधव नेपाल पक्षद्वारा चैत १० गते भएको राष्ट्रिय कार्यकर्ता भेलाबाट कालिकोट जिल्लाका विद्यार्थी युवा नेता हिक्मतजंग मल्ल अनेरास्ववियुको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । लामो समयदेखि विधार्थी राजनीति गरिरहेका मल्ल पुर्वाञ्चल विश्वविद्यालयअन्तर्गत एक्मी इन्जिनियरिंग कलेजका पूव अध्यक्षसमेत थिए ।

कालिकोट जिल्लामा २,३ वर्षयता युवालाई खेलकुदमा जोड्नुका साथै कर्णाली प्रदेशकै ऐतिहासिक भलिवल प्रतियोगिता आयोजना गरि सफलतापूर्वक खेलसमेत सम्पन्न गरेका छन् । इन्जिनियरको जागिर छोडेर विद्यार्थी राजनीतिमा लागेका मल्ल अनेरास्ववियुको केन्द्रीय सदस्यमा मनोनित भईसकेपछि विद्यार्थी राजनैतिकमा केही आशा पलाएको अनेरास्ववियु जिल्लास्तरका विद्यार्थी नेताहरुले बताएका छन् ।

पार्टीको हित र संरक्षणका लागि सधैभरी सकारात्मक लडाइँ र विरोध कार्यक्रम गरि नागरिकलाई न्याय दिन र विद्यार्थीका समस्याको लागि दिनरात नभनी लागि पर्ने मल्ल कोरानाको बन्दाबन्दिमा सामाजिक कार्यका लागि सधै अग्रसर थिए । अनेरास्ववियुका केन्द्रीय सदस्य भएका मल्ल लिङ्गासैनि युथ क्लबका अध्यक्ष पनि हुन ।

राष्ट्रीयता, सामाजिक न्यायका निम्ति कालिकोटमा मात्र नभयर काठमाडौंमा पनि आन्दोलनको उथ्थान गरेका मल्लले अनेरास्ववियु र पार्टीले आफ्नो मुल्यांकन गरि केन्द्रीय सदस्यमा मनोनीत गर्दा आफूले गरेको त्याग र परिश्रमको मुल्यांकन भएको उनको भनाई छ । कालिकोटका शैक्षिक मुद्दालाई आफ्नो ऐजेन्डा बनाउने, हरेक आन्तरिक र बाह्य देश, समाजको हितका लागि सधैभरी लागि पर्ने तथा विद्यार्थी राजनीतिकमा लागेर शैक्षिक संस्थाहरुमा सुधारका अभियान थाल्ने मल्लको भनाई छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया