भक्तपुरको इन्चार्ज बनाइएका केन्द्रीय सदस्य मिश्रले माधव नेपालको साथ छाडे

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सोम मिश्रले माधवकुमार नेपालको साथ छाडेका छन् । चाँगुनारायण नगरपालिकाका मेयर मिश्रलाई खनाल–नेपाल समूहले भक्तपुरको इन्चार्ज बनाएको थियो ।

लगत्तै उनले नेपालनिकट नेताहरूलाई फोन गरेर आफू गुटको नेता नभएको र पार्टीकै इन्चार्ज बन्ने बताएका थिए । एकीकृत पार्टीमा उनी सहइन्चार्जको भूमिकामा थिए ।

अहिले फोन अफ गरेर बसेका मिश्र ओली समूहसँग संवादमा रहेको भक्तपुरका एक नेताले जानकारी दिए । एमाले विभाजनउन्मुख बनेका बेला नेताहरू खनाल–नेपाल र ओली समूहतिर ओहोरदोहोर गर्न थालेका छन् । खनाल–नेपाल समूहले समानान्तर कमिटी निर्माणलाई विस्तार गर्दै लगेको छ ।

प्रतिक्रिया