मार्टिन चौतारीको त्यत्रो आँट

निनाम कुलुङ ‘मंगले’

निश्चय नै लेखकले आफ्नो लेखमा धेरै मिहिनेत गरेका छन् । तर, उनले त्यति लामो लेख लेखिसकेपछि किरात के हो ? को हुन् ?, त्यस्तै कुलुङ के हो ? को हुन् ? र, राई के हो ? को हुन् ? भनेर पनि केही शब्दहरू खर्च गरेर प्रस्ट्याएको भए धेरै राम्रो हुने थियो । किनभने, ‘राई’ शब्दको व्युत्पत्ति ‘राय’ हो भने कर्णालीतिर ‘राय’ भन्नाले राजा भन्ने जनाउँथ्यो ।

संभवतः नेपालमा कार्यरत धेरै कम गैरसरकारी संघ–संस्थाहरूले नेपालका ‘मिडिया’ र ‘समाज अध्ययन’का विषयमा आप्mनो बजेट खर्च गर्दो हुन् । त्यसरी नेपालमा मिडिया र समाज अध्ययनका विषयमा आप्mनो बजेट खर्च गर्ने थोरै गैरसरकारी संघ–संस्थाहरूमा मार्टिन चौतारीे पनि एक हो । २०६३ (सन् २००६) देखि मार्टिन चौतारीले नियमित रूपमा ‘मिडिया अध्ययन जर्नल’ प्रकाशित गर्दै आएको थियो भने पछिल्लोपटक त्यसैको विस्तारित स्वरूप ‘समाज अध्ययन’ भन्ने जर्नल प्रकाशित गर्दै आएको छ । वास्तवमा भन्ने हो भने यस्तो महत्वपूर्ण (‘मिडिया अध्ययन’ वा भनौँ, ‘समाज अध्ययन’ गर्ने) काम राज्य वा राज्यको कुनै निकायले गर्नुपर्ने हो ।

मार्टिन चौतारीद्वारा प्रकाशित ‘समाज अध्ययन’ अंक १३, २०७५ (सन् २०१८) यो पंक्तिकारले धेरै ढिलो गरी पढ्ने अवसर पायो । त्यसैले यो लेख सो अंकमा प्रकाशित भोगीराज चाम्लिङले लेखेको लेख ‘किरात राई जातिमा मृत्यु संस्कार र चिन्तन’ शीर्षकको (पाना नम्बर ९९–११९) लेखमा आधारित रहेर केही तत्यसहित यो लेखिएको छ । निश्चय नै लेखकले आप्mनो लेखमा धेरै मिहिनेत गरेका छन् । तर, उनले त्यति लामो लेख लेखिसकेपछि किरात के हो ? को हुन् ?, त्यस्तै कुलुङ के हो ? को हुन् ? र, राई के हो ? को हुन् ? भनेर पनि केही शब्दहरू खर्च गरेर प्रस्ट्याएको भए धेरै राम्रो हुने थियो । किनभने, ‘राई’ शब्दको व्युत्पत्ति ‘राय’ हो भने कर्णालीतिर ‘राय’ भन्नाले राजा भन्ने जनाउँथ्यो । नेपालमा बढीमा सेनकालदेखि पूर्वका किरातीहरूले हालको प्रधानमन्त्री वा मन्त्रीको रूपमा सेन राजाहरूबाट ‘राय’ पद पाएको देखिन्छ । पछि गएर त्यही ‘राय’ शब्द नै अपभ्रंश भएर ‘राई’ भएको हो । त्यसैले भोगीराजको सो लेखलाई अध्ययन–अनुसन्धान गरेको मान्न भने सकिँदैन । बरु विगतदेखि नै जबरजस्ती वा रहर र वाध्यताले राईकरणमा परेका वा पारिएका कुलुङलगायत अन्य किरातीहरूलाई फेरि पनि राईकरण गर्न÷गरी राख्नका लागि ‘सकेको देन दिन र रोदन !’ मात्रै गरेको मान्न सकिन्छ । किनकि मान्छेहरूले आपूmले खाइपाइ आएको चिजबिजहरू हत्तपत्त त्यति सजिलै छाड्न चाहँदैनन् पनि । त्यसैले ती लेखक भोगीराजलगायत अन्य केही राईवाला लेखकहरूले किताब वा लेख लेख्दा जहिले पनि फलानो ‘राई !’ वा चिलानो ‘राई !’ … को भन्दै आप्mनै जाति वा वंशको टाउकामा राईको फुर्को झुन्ड्याएर लेखेको देखिन्छ । अचम्म त के छ भने, तिनै लेखक भनिनेहरूले नै सम्मानपत्र, अभिनन्दनपत्र, र नगद पुरस्कारसमेत थाप्ने गरेका छन् । अझ आठौँ आश्चर्य त त्यस्ता लेखहरूलाई नै पहिचानवादी भनेर पहिचानवादीको पगरी गुथाइएको देखिन्छ ।

भोगीराजले आप्mनै मर्जीले जताभावी ढंगले सही तथ्य–तथ्यांक एकातिर हुँदाहुँदै त्यसको विपरित कुलुङलगायत अन्य किरातीहरूको टाउकोमा जबरजस्ती राईको फुर्को जोडी दिएको र कथित् राई ! जातिको अगाडि ‘किरात’ थपेर किरात राई !, किरात राई ! … भनी जताभावी लेखेको र, अरू व्यक्ति वा जाति र समुदायको म÷हामी को हँु÷हौँ भन्ने आत्मनिर्णयको अधिकारको हनन्समेत गरेको देखिन्छ । यस बारेमा लेखकलाई कानुनी कारबाही हुन सक्ला कि नसक्ला ? यो अर्को पाटो हो । तर, अब यस बारेमा पनि नेपालका वकिल तथा कानुनविदहरूसँग कुलुङलगायत किराती जातिहरूले एकपटक बुभ्mनुपर्ने देखिन्छ । नत्रभने, अरू कैयौँ भोगीराजहरूले भविष्यमा पनि कुलुङलगायत किराती जातिहरूको टाउकामा ‘राई !’ को फुर्को झुन्ड्याई दिई रहनेछन् । हुन पनि नामको अगाडि विद, विज्ञ, प्रा., डा., प्राडा, … आदिको फुर्को झुन्ड्याइएकाहरूले राष्ट्रिय जनगणना २०६८ को तथ्यांकमा समेत अलग्गै जाति र अलग्गै भाषी भनी आएको कुलुङलगायत १२ वटा जातिहरूको अलग्गै तथ्यांकलाई उल्लेख नगरेर किन लुकाउँथे वा थाहा नपाएजस्तो गर्थे होलान् र ? अरू त अरू प्रकाशित सो लेख वा रिसर्च पेपर समाज अध्ययन जर्नलमा प्रकाशित हुनुअघि नै नेपालका धुरन्धर विद्वान, प्रा., डा. वा प्राडा भनिनेहरूलाई पढ्न दिइने रहेछ । सो कुरो पछि मार्टिन चौतारीको समाज अध्ययन जर्नल टिममा भएका एक जना सर (उहाँको नाम आवश्यक भए बताउन सकिनेछ) ले बताएका थिए ।

तर, उहाँले गोपनीयताको हकअन्तर्गत ती धुरन्धर विद्वान, प्रा., डा. वा प्राडाको नाम खुलेरै भन्न सक्नु भएन । निश्चय नै ती धुरन्धर विद्वान, प्रा., डा. वा प्राडा राईवादी नै थिए होलान् भन्न सकिन्छ । हुन पनि आपूm असलीयतमा चाम्लिङ र डाक्टरचाहिँ बान्तावा जातिको भाषामा गरेका एक जना प्राडा राईलाई २०६८ सालको जनगणनाको तथ्यांक औपचारिक रूपमा बाहिर आएपछि (प्रकाशित भएपछि) ‘तीन दिन तीन रात !’ सम्म निन्द्रा लागेन अरे । यो कुरो मलाई ०६९÷७० तिरै तामाङ थरका एक जना भाषविज्ञले बताएका थिए । तर, मैले पनि पछिसम्म सो कुरो पत्रपत्रिकामा औपचारिक रूपमा नलेख्ने सर्त मानेको थिए । फलतः मैले यो विषय ०७५÷७६ देखि मात्रै लेख्न थालेको छु, त्यो पनि सिधै उनको नाम नभनेर÷नलेखेर सांकेतिक रूपमा मात्रै । हुन पनि ०५८ को जनगणनामा राईको भाषा ३ लाख ७१ हजार जानचुन थियो । जसलाई बान्तावाहरू आप्mनो भाषा ठान्थे÷भन्थे । त्यस्तै राई जातिको जनसंख्या ६ लाख ३५ हजार चानचुन थियो । तर, ०६८ मा राईको भाषा १ लाख ५९ हजार चानचुन र राईको जनसंख्या पनि १० वर्षमा थोरै बढे पनि सात लाख चानचुन हुनुपर्नेमा घटेर ६ लाख २० हजार चानचुनमा झर्यो ।

वास्तवमा कथित् राई ! जातिका सम्बन्धमा भोगीराज जस्ता मुन्दुम–मुन्धुमविद, (कुलुङहरू मुन्धुमलाई ‘रिदुम’ भन्छन्) भन्ने–भनिनेहरू र, आपूmलाई किरात ! भनी दावी गर्नेहरूमै यस्तो समस्या देखिएपछि वा उनीहरू नै किरात के हो ? कुलुङ के हो र राई के हो ? भन्नेबारेमा प्रस्ट नभएपछि अरू जातजातिका पत्रकार, लेखक, विश्लेषक, प्राडा, संस्कृतिविद्, भाषविद्, मानवशास्त्री र खोज–अनुसन्धानकर्ताहरूले राई जाति … !, फला … राई जाति ! फलानो … राई ! भनी लेख्नुमा कुनै दोष देखिँदैन । त्यसैले ‘किरात राई जातिमा मृत्यु संस्कार र चिन्तन’ शीर्षकको लेख लेख्ने भोगीराजमाथि प्रश्न मात्रै नउठाएर उनले कुलुङ जाति वा समुदायको आफू को हुँ ? भन्ने आत्मनिर्णयको अधिकार र मानवअधिकारको उल्लंघन गरेकोमा मुद्धा नै हाल्ने हो कि ? भनी प्रश्न उठाउन सकिन्छ । त्यस्तै मार्टिन चौतारी जस्तो संस्थाले ‘क्रस–चेक’ वा ‘भेरिफाई’ नगरी जे पायो त्यही सामग्री छाप्नुभन्दा सम्बन्धित जातजातिको उद्गम थलोमा गएर वास्तविकता बुभ्न नसकेता पनि कम्तिमा सहरबजारमै सहज रूपमा उपलब्ध हुने सम्बन्धित मान्छेहरू अर्थात् ती समुदाय, जातजाति वा भाषाभाषीका अगुवाहरूलाई सोधखोज गरेर वा लेखक स्वयम्लाई वास्तविकता के हो ? भनी ‘क्रस–चेक’ वा ‘भेरिफाइ’ गरेर छाप्ने गरेमा भविष्यमा राम्रो होला कि ? किनभने, लेखक वा अनुसन्धानकर्ता हो भन्दैमा जे पायो त्यही सामग्री छाप्दा मार्टिन चौतारीकै साखमा पनि … ।

किनकि यस्तो कुरोहरू लेखकले लेखेको किताब, मार्टिन चौतारी, केही व्यक्तिहरूमा मात्रै सीमित नरहेर इतिहासमा अंकित भएर बस्ने कुरो पनि हो । जो भोलि आउने हाम्रा नयाँ पुस्ता (नाति, पनाति, जनाति, खनाति, … पुस्ता) ले पनि पढ्नेछन् । तर, नेपालको सन्दर्भमा अपवादबाहेक (खासगरी नेपालका जातजाति, भाषाभाषी, धार्मिक समूह आदिका सम्बन्धमा खोज–अनुसन्धानकर्ता र लेखकहरू) मार्टिन चौतारी जस्तो गैरसरकारी संस्थामा मात्रै नभएर नेपाल सरकारको मातहत रहेको पाठ्यक्रम विकास केन्द्र, त्रिभुवन विश्वविद्यालयको मातहत रहेको भाषा विज्ञान संकाय, मानवशास्त्र, समाजशास्त्र विभागलगायत अध्ययन–अनुसन्धानको अन्य क्षेत्र र, पत्रपत्रिका, लेखक, पत्रकार, बुद्धिजीवी, प्राडा वा अनुसन्धानकर्मी भनिनेहरू पनि भोगीराजकै पथमा हिँड्ने गरेको देखिन्छ ।

त्यसैले मार्टिन चौतारीद्वारा प्रकाशित ‘समाज अध्ययन’ अंक १३, ०७५ (सन् २०१८) मा प्रकाशित ‘किरात राई जातिमा मृत्यु संस्कार र चिन्तन’ शीर्षकको लेखको लेखकले त आप्mनो लेखप्रति क्षमा माग्लान् भन्ने अपेक्षा गर्न सकिँदैन (अहिलेसम्म सुनिएको छैन) । तर, मार्टिन चौतारीजस्तो संस्थाले २८ हजार ६ सय १३ जनसंख्या र ३३ हजार १ सय ७० जना कुलुङ मातृभाषी वक्ता संख्या रहेको कुलुङ समुदाय वा जातिको जातीय स्वपिहचान र जातीय अस्तित्वलाई नै नकार्दै लेखेको लेख छाप्नुअघि मार्टिन चौतारीदेखि लगभग एक किमिको दुरीमा रहेको केन्द्रीय तथ्यांक विभाग (केतवी) मा गएर बुभ्mदा पनि हुन्थ्यो । नभए सूचना र सञ्चारले द्रूत गतिमा प्रगति गरेको यो जमानामा इन्टरनेटमै सर्च गरेर हेरेको भए पनि हुन्थ्यो । जे भएता पनि मार्टिन चौतारीजस्तो संस्थाले ०६८ सालको राष्ट्रिय जनगणनामा अलग्गै जातिको रूपमा आइसकेको कुलुङ जातिलाई कसैको इन्टे«स्टमा राईकरण ! गरी लेखिएको लेख छापेकोमा क्षमा माग्ने हो कि ? स्मरणीय छ, ०६८ को राष्ट्रिय जनगणनामा कुुलुङबाहेक ११ वटा अन्य किराती जातिहरू (जो पहिले राई भनी चिनिन्थे) अलग्गै जातिका रूपमा गणना भएका छन् वा भनौँ अलग्गै जातिका रूपमा आएका छन् ।

प्रतिक्रिया