‘करिडोर सडक व्यवस्थापन टिम’ परिचालन

काठमाडौं । काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, धोविखोला र मनहरा नदी करिडोरको जाम हटाउन ट्राफिक प्रहरीको छुट्टै टिम परिचालन गरिएको छ । ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले बुधवार ‘करिडोर सडक व्यवस्थापन टिम’ परिचालनको शुभारम्भ गरेका छन् ।

महाशाखाले १७ ओटा टिम बनाएर करिडोर व्यवस्थापनमा ट्राफिक प्रहरी परिचालन गरेको हो । मोटरसाइकलमा खटिने टिमका सदस्यहरुलाई एसएसपी भट्टराईले फ्लोरिसेन्ट ज्याकेट वितरण गरेका छन् । करिडोरको प्रभावकारी व्यवस्थापन गर्न र अधिकतम प्रयोगमा ल्याउनका लागी टिम परिचालन गरिएको एसएसपी भट्टराईले बताए ।

मोटरसाइकलमा खटिने ट्राफिक प्रहरीको ‘डेडिकेटेड टिम’ले करिडोरमा हुने जाम व्यवस्थापन र दुर्घटना नियन्त्रणका लागि काम गर्नेछन् । ‘करिडोर व्यवस्थापन गर्न सकेमा मुख्य सडकको जाम घटाउन सकिन्छ’ एसएसपी भट्टराईले भने ।

 

प्रतिक्रिया