खोजखबर

बालुवाटारबाट शक्तिको भाषा नबाेल्न ओलीलाई नेपाल पक्षको चेतावनी

सौर्य अनलाइन २०७७ चैत ३ गते १५:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई शक्तिको भाषा नबोल्न को माधवकुमार नेपाल पक्षले चेतावनी दिएको छ । भोलि नेपाल पक्षले गर्न लागेको कार्यकर्ता भेलाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल पक्षका नेताहरूले शक्तिको नभइ शान्तिको भाषा बोल्न आग्रह गरेका छन् ।

‘बुद्धको देशमा शान्तिको भाषा हुन्छ, शक्तिको भाषा हुँदैन, बुद्धको अनुयायी भएको प्रधानमन्त्रीले आज बालुवाटारबाट शक्तिको भाषा बोल्दै हुनुहुन्थ्यो,’ पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘यस्ता भाषा बोल्न छाड्नुहोस्, यस्ता भाषाले मुलुकलाई सही दिशामा अघि बढाउँदैन ।’

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय