सर्वोच्चको निर्णय आएसँगै प्रचण्ड–माधवले एकअर्कालाई खुवाए लड्डु

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा विघटन गरेको प्रतिनिधिसभालाई पुनस्र्थापना गरेपछि नेकपाको प्रचण्ड–माधव समूहले यसलाई स्वागत गरेको छ । मंगलबार सर्वोच्चमा यो फैसला सुनाइँदा नेकपा प्रचण्ड–माधव समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल चितवनमा थिए ।

बुधबार उनीहरुले संसद विघटनविरुद्ध आन्दोलन तथा प्रदर्शन गर्ने निर्णय गरेका थिए । तर, मंगलबार आएको सर्वोच्चको निर्णयसँगै यी दुईले तत्काल एउटा सानो कार्यक्रम आयोजना गरेका छन् । अब बुधबारको सभा विजय र्याली गर्ने उनीहरुले बताएका छन् । मंगलबार साँझ सामाजिक सन्जालमा यी दुईले सर्वोच्चको निर्णय आएसँगै एकअर्कालाई लड्डु पनि खुवाएको तस्वीर अहिले सामाजिक सन्जालमा निकै रुचाइएको छ ।

प्रतिक्रिया