‘चौतारीमा बसेर अध्यक्ष भएँ भनेका थिए, निर्वाचन आयोगले खत्तम पार्दिएछ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई लक्षित गर्दै चौतारीमा बसेर पार्टी अध्यक्ष बने पनि निर्वाचन आयोगले खत्तम पार्दिएको टिप्पणी गरेका छन् । आयोगले आइतबार नेकपाका दुबै समूहलाई आधिकारिकता दिएको थिएन।

‘केही मानिसहरू बैठक छाडेर चौतारीमा बसेर अध्यक्ष भएँ भनेर घोषणा गर्दै हिँड्छन्। त्यो पनि हिजो निर्वाचन आयोगले खत्तम पार्दिएछ,’ दाङमा सोमबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने।

उनले आफू असफल भएर केही नहुने जिकीर गर्दै देश असफल हुन नहुने बताएका थिए। माधवकुमार नेपाल तथा पुष्पकमल दाहाल प्रचण्डतर्फ लक्षित गर्दै ओलीले थपे, ‘उहाँहरू केपी ओली यो त पृथ्वीमै नरहे पनि हुन्छ भन्छन्।’ उनले पार्टी टुक्राउन खोजे पनि एकजुट बनाइराखिएको बताएका थिए। उनले जनतालाई साथमा लिएर देश विकास गर्ने पनि बताएका छन्।

प्रतिक्रिया