निर्देशक बुढाथोकीलाई सर्वोत्कृष्ट अवार्ड

काठमाडौं । निर्देशक आदित्य बुढाथोकीले सर्वोत्कृष्ट अवार्ड प्राप्त गरेका छन् । उनले गत शुक्रबार वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालले राजधानीमा आयोजना गरेको कार्यक्रममा उक्त अवार्ड प्राप्त गरेका हुन् ।

निर्देशक बुढाथोकीको कामको मूल्यांकन गर्दै ‘हिमालयन इन्टरनेशनल अवार्ड २०२१’ बाट अवार्ड प्राप्त गरेको जानकारी दिए । बुढाथोकीले ‘ढुंगा मुडा’ बोलको भिडियोबाट सर्वोत्कृष्ट अवार्ड पाएको बताए । उक्त गीतमा गायक प्रताप दासको आवाजमा रहेको छ ।

बुढाथोकीले दुई दर्जनभन्दा बढी भिडियो निर्देशन गरिसकेको बताए । उनले ढुंगा मुढा, आमा, हे सानु, मै राम्री, खुकुरीको दाप, नबोलेनी हासी राख, यो झरीमा तिमीसँगै, सम्झनाको, माया गर्ने मान्छे, पूर्णिमाको रात, ‘कान्छी को, मेरो सास, करेन्ट लाग्छ जस्तो चर्चित गीतको भिडियो निर्माण, निर्देशन गरिसकेका छन् ।

निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाली कला, साहित्य जगतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । करिव डेढ दशक अघिदेखि म्युजिक भिडियो निर्देशनमा प्रवेश गरेका बुढाथोकी बिशंखु नारायण, गोदावरीका स्थानीय वासिन्दा हुन् ।

प्रतिक्रिया