मुगुमा देउडा विधाको नगर आईडल हुने

मुगु । हिमाली जिल्ला मुगुमा देउडा विधाको प्रथम नगर आईडल हुने भएको छ । पश्चिमी सस्कृतिको बिकाससँगै स्थानीय देउडा भाका लोप हुँदै जान थालेकोले स्थानीय देउडाको संरक्षण र सम्र्वधन गर्न देउडा विधाको प्रथम नगर आईडल २०७७ हुने भएको हो । प्राचिक सस्कृतिलाई बचाईराख्न स्थानीय सरकारको महत्वपूर्ण भुमिका हुने भएकाले छायाँनाथ रारा नगरपालिकाको आयोजनामा पहिलो पटक मुगुमा देउडा विधाको प्रथम नगर आईडल आगामी माघ १५ गते बाट हुने भएकोे छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।


देउडा विधाको नगर आईडलमा लोक देउडा, देउडा गीत, ठाडी भाका, हुड्केउली, झोडा, न्याउला, चम्फा, बालो, मागल, चाँचरीलगायतका स्थानीय देउडा मात्रै गाउन पाईने बताइएको छ । सामाजिक सञ्जालको बढ्दो बिकास संगै पुरानो सस्कृति नयाँ पुस्तामा हस्तान्तण हुन सकेको छैन । यस्ता कार्यक्रम मार्फत नयाँ पुस्तामा पुरानो सस्कृतिका बारेमा जानकारी हुनुका साथै पुराना लोक देउडा सस्कृतिलाई संरक्षण गर्न सम्बर्धन गर्न र बचाई राख्न प्रेरेरित हुने भएकाले यस कार्यक्रमको शुरुवाती गरेको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले बताए ।

नगर आईडलको शनिबार नगर प्रमुख शाही बाट विधिवत रुपमा उद्घाटन गरी ढोका खुलीसकेको र यो कार्यक्रम माघ १५ गते बाट सुरु भई आगामी बैशाख १५ गते सम्म सञ्चालन हुनेछ । पहिलो चरण अडिशन राउण्डहरुहरु सामुदायिक रेडियो सोर्यदय एफएम ९२.४ मेर्गाहज बाट प्रशारण हुने गरी कार्यक्रम तय भएको छ, भने टप १० भित्र आईसकेपछि नेपाल टेलिकम संगको सहकार्यमा एसएमएस पद्धतीबाट अगाडी बढ्ने र छायाँनाथ रारा नगरपालिका र रारा रैवार डटकमको युटुव च्यानेल फेशबुकमा लाईभ गरिने आयोजकले जनाएको छ ।

प्रतिभावाको खोजि
छायाँनाथ रारा नगरपालिकाभित्र १४ वडा वडा छन । ति वडा भित्र धेरै प्रकारका प्रतिभा भएका ब्यत्तिहरु छन । तर प्रतिभा भएका ब्यक्ति भएको भए पनि उनीहरुले आफु भित्रको कला लुकाएर राख्नु परेको छ । वनपाखामा गई देउडा घन्काउदै सिमित राखेकाले त्यस्ता प्रतिभावान ब्यक्तिको खोज अब नगर आईडलले गर्ने भएको छ । प्रतिभावान ब्यक्तिहरुको लागि कला प्रस्तुत गर्ने माध्यम नगर आईड हुने भएकाले यो कार्यक्रमको थालनी गरिएको बताइएको छ ।

३० हजार र गीत रेकड्को ब्याबस्था
नगर आईडल २०७७ को बिजेता हुने लाई पोत्साहन स्वरुप ३० हजार पुरस्कारको ब्याबस्था रहेको छ । प्रथम हुनेलाई ३० हजार नगद आर्कषक गिप्ट सहित समान्न र गीत रेर्कडको ब्याबस्था गरिने भएको छ । द्रोस्रो हुनेलाई आर्कषक गिप्ट २० हजार, तेस्रो हुनेलाई आर्कषक गिप्ट र १० हजार तथा सान्त्वना हुनेलाई आर्कषक गिप्ट र पोत्साहन स्वरुप ५ हजार पुरुस्कारको पनि ब्यावस्था रहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया