हल खोल्न हतार गर्नु हुँदैनः हमाल

काठमाडौं । अभिनेता राजेश हमालले कोरोना कहरका बीच चलचित्र हल खोल्नुअघि संयमता अपनाउनुपर्ने बताएका छन् । चलचित्रसँग सम्बन्धित विभिन्न संघ संस्था तथा चलचित्रकर्मीले हल खोलेर यस क्षेत्रमा आर्थिक गतिविधि बढाइ चलायमान बनाउन आग्रह गरिरहेका बेला हमालले संयमता अपनाउन आग्रह गरेका हुन् ।

अभिनेता हमालले भने, ‘चलचित्र हल, चलचित्र निर्माण र प्रदर्शन सुचारु गर्नुपर्छ । तर, जबरजस्ती गर्नु पनि हुँदैन । अहिले हामीलाई स्थिति सहज लागे पनि त्यस्तो छैन । यसमा संयमता अपनाउन आवश्यक छ ।’ उनले जबरजस्ती हल खोल्दा भोलीका दिन संक्रमण फैलियो भने त्यसले समस्या निम्त्याउने जिकिर गर्दै सहज भएपछि खोल्नुपर्ने विचार व्यक्त गरेका छन् ।

पछिल्लो समय हमाल म्युजिक भिडियोमा काम गरिरहेका छन् । उनले कहिलेकाही म्युजिक भिडियोमा काम गर्दा रमाइलो लाग्ने सुनाए । अभिनेता हमालले म्युजिक भिडियो आफ्नो विधा नभएको बताउँदै आफू चलचित्रको कलाकार भएकाले नियमित यसमा काम नगर्ने जनाए ।

प्रतिक्रिया