‘अन्तर–बैंक पुरुष फुटसल’ को उपाधि सिद्धार्थ बैंकलाई

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैंक, वीरगञ्ज कार्यालयले आयोेजना गरेको ‘अन्तर–बैंक पुरुष फुटसल’ प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । बैशाख ९ देखी १२ गतेसम्म आयोेजना भएको उक्त प्रतियोगितामा १९ बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो ।

बुधबार वीरगञ्ज स्थित हाम्रो फुटसल मैदानमा भएको फाइनल खेलमा प्रतिस्पर्धी टिमलाई ६–० गोलले हराउँदै सिद्धार्थ बैंकले उपाधी जितेको हो । विजेता टिमलाई वीरगञ्ज उप–महानगरपालिकाका मेयर राजेशमान सिंहले ट्रफी हस्तान्तरण गरे ।

सो फाइनल खेलमा ४ गोल गर्दै सिद्धार्थ बैंकका सुदिप ताम्राकार म्यान अफ द म्याच भए । साथै, उक्त फुटसल प्रतियोगितामा सिद्धार्थ बैंकका प्रज्वल जंग कार्की उत्कृष्ट गोलरक्षक र सिद्धार्थ बैंककै पुष्प दनुवार सर्वोकृष्ट खेलाडीका रुपमा पुरस्कृत भएका थिए ।

प्रतिक्रिया