सरकारले तोकेको मापदण्ड अपनाउदै पठनपाठन सूरु

पाँचथर । फिदिम नगरपालिका बजार भित्र रहेको जिल्लाकै एकमात्र उत्कृष्ट र गुणस्तरीय बिद्यालय बिद्याबरदान इङलिस बोडिङ स्कुलमा पठनपाठन सुरु भएको छ । कोरोना संक्रमणबाट बच्नको लागि सरकारले तोकेको मापदण्ड पालना गरेर सर्तकता अपनाई पठनपाठन सुरु गरीएको बिद्यालयले जनाएको छ ।

२०४४ सालमा स्थापना भएको उक्त बोडिङ स्कुल कोरोना माहामारीका कारण बन्द रहेको थियो । दशैँ अघि छोटो समय पठनपाठन भएपनि फिदिम बजारमा कोरोना संक्रमितको सख्या हवात्तै बढेकोले उक्त बिद्यालय पुन बन्द थियो । तिहार पछि सञ्चालन हुन सकेको थिएन । हाल नेपाल सरकारले तोकेको मापदण्ड अपनाई पढनपाठन सञ्चालन गरीएको प्रिन्सिपल गजेन्द्र मावाले जनाए ।

बालबालिका र शिक्षकलाई बिद्यालयले आफ्नै लगानिमा प्रेशसिल्ड, माक्स, सेनिटाइजर लगायत सावधानीका सामाग्री प्रयोग गरी कक्षा सचालन गरेको छ । बिद्यार्थीहरुलाई सामाजिक दुरीकायम गरी कक्षाकोठामा राखिएको पाइन्छ । बिद्यालयका इञ्चार्ज अनुज भट्टराईकाअनुसार बालबाकिाहरु लाई पोसाक नलगाइ, सुरक्षीत आउनु भनेका छन ।

बिना पोसाक बालबालिकाहरु दिनमा तिन घण्टा पढेर घर र्फकिन्छन । उक्त बिद्यालयमा पहिलो सेसन परिक्षामा ७ सय ५० जना बालबालिकाहरुले परिक्षा दिएको ईञ्चार्ज भट्टराइले जानकारी दिए । कोरोना रोकथाम सामाग्रीहरु, प्रेशसिल्ड लगायत निःसुल्क प्रयोग गर्ने दिएर बालबालिका तथा अभिभावकलाई राहात दिएको इञ्चार्ज भट्टराईको दावी छ ।

प्रतिक्रिया