पाँचथरका युवामा साईकिलिङ मोह बढदो

पाँचथर । फिदिमका युवाहरु माझ साईकिलिङ रेस लोकप्रिय हुँदै गएको छ । दैनिक रुपमा युवाहरु साइकल सहित सडमा देखिन्छन । यस्तै मंगलबार बिहान पनि कालोपत्रे र कच्ची सडकहरुमा साईकल रेसमा युवाहरु सहभागी भएका देखिए । महिला सहित १५ जना साईकिलिङ रेसमा सहभागी भएका थिए । उनीहरु साईकिलिङ ग्रुप अफ पाँचथर फिदिम भनेर सामाजिक सञ्जालमा समेत सक्रिय छन ।

शारीरिक तन्दुरुस्तका लागि बिहान वेलुका गरी १५ किलोमीटर सम्म साईकिलिङ गर्ने गरेको युवा व्यवसायी तथा पाँचथर वाणिज्य संघका महासचिव नवराज घिमिरेले बताए । घिमिरेले नियमित साईकिलिङले प्रेसर, सुगर नियन्त्रणमा सहयोग पुगेको बताए । साइकिलिङले शरीरको सबै अंग प्रत्यंगमा फाइदा पुग्नुका साथै निमित व्यायाम पनि युवाहरुको तर्क छ ।

लकडाउका बेला घरमै बसेर खाने दिन बिताउनु परेकाले स्वास्थ्यमा समस्या आउने भएकोले समयको सदुपयोग तथा स्वास्थ्यको लागि साईकिलिङ गरेको घिमिरेले बताए । फिदिम ठाडोलाईनका मिजासिला युवा व्यवसायी सोम थापाको अगुवाईमा साईकिलिङ रेस सूरु गरिएको जनाइएको छ । एक वर्ष अगाडि मेचि वोडिङ स्कुलका शिक्षक डेविड श्रेष्ठले फिदिम बजारका गल्लीहरुमा साईकिलिङ सुरु गरेका थिए ।

हिजोआज युवाहरुमा साईकिलिङ मोह बढदै गएकोे हो । युवाहरु सुत्न छाडसिके । साइकल लिएर युवाहरु बिहान ५ बजे देखि ७ बजे सम्म फिदिम बजार हुदै जोसाल, थाक्ले सम्म पुगेर उकालो चढ्दै गन्तव्य सम्म आउछन । त्यस्तै फिदिम शनिबारे देखि भ्यु टावर सम्म उकालोमा हाक्ने अनि पुनः गन्तव्यमा आउने गर्दा स्वास्थ्यलाई अझैं बढि फाइदा हुने जनाइएको छ ।

पाँचथरको पर्यटनक्षेत्र, जोरपोखरी, हिलिहाङ पालिकाको, हिलिहाङ, दरवारसम्म गएर पर्यटन प्रबद्र्धनमा टेवा पुगोस भनेर पनि युवाहरु नियमित जाने गरेको बताइएको छ । वाणिज्य संघका अध्यक्ष दिपक नेपालले मुलभुतरुपमा स्वास्थ्य भए पनि साईकिलिङले सम्भावित पर्यटन स्थल प्रबर्धनका लागि अभियान चलाउदै, कालापानी, हिलिहाङ दरबार, जोपोखरी समेटिएको भिडियो समेत बनाउने तयारी गरिरहेको बताए ।

साईकिलिङमा पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दिपक नेपाल, महासचिव नवराज घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष लवदेव ढुँगाना, एनएमबि बैककी व्यवस्थापक रचना पराजुली, युवा व्यवसायी सोम थापा, मेनुका विष्ट, प्रकास नेपाल, डेविड श्रेष्ठ लगायतको टोलि सहभागी हुने गरेका छन ।

प्रतिक्रिया