प्युठानमा खोलाले बगाएर एक जना बेपत्ता

प्युठान । ऐरावती गाउँपालिका– २ लामीदमारमा ठाडो खोलाले बगाएर एक व्यक्ति बेपत्ता भएका छन् । मंगलबार स्थानीय छेस्के ठाडो खोला तर्ने क्रममा बगाएर ३५ वर्षीय गजेन्द्र बहादुर बाकबल बेपत्ता भएका हुन् ।

जंगलबाट गोठालो गएर घर फर्किने क्रममा खोलाले बगाएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । बेपत्ता व्यक्तिको खोजी कार्यका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको उनले बताए ।

खबर प्राप्त भएसँगै घटनास्थल जाँदै गरेको स्थानीय एवं जिल्ला समन्वय समिति प्युठानका प्रमुख केशवराज आचार्यले बताए । घटनास्थल नजिकै रहेका आचार्यले छोराछोरी र गाईगोरुलाई खोला पार गराएपछि बाकबललाई घाँसको भारीसँगै बगाएको खबर प्राप्त भएको बताए घटनास्थल ऐरावती गाउँपालिकाको दुर्गममा पर्ने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया