भरुवा बन्दुकसहित एकै घरका दुई दाजुभाइ पक्राउ

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको बल्गामा अवैध भरुवा हतियारसहित दुईजना आज पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भुवनपोखरीका ४७ वर्षीय भोजबहादुर खाम्चा र २१ वर्षीय दीपेन्द्र खाम्चा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।

उनीहरु एकै परिवारका दाजुभाइ हुन् । मुझुङ्ग प्रहरी कार्यालयको टोलीले उनीहरुको घरमा अवैध भरुवा बन्दुक रहेको सूचनाका आधारमा पक्राउ गरेको हो ।

प्रतिक्रिया