प्रतापको ‘फोटो फिरिममा’ सार्वजनिक

काठमाडौं । गायक प्रताप दासको आवाज रहेको गीत ‘फोटो फिरिममा’ युट्युबमार्फत सार्वजनिक गरिएको छ । गायक प्रतापको स्वरमा आउनुअघि यो गीत गायिका रचना रिमालको स्वरमा सार्वजनिक भएको थियो ।

गीतमा गीतकार तथा कलाकार शिशिर भण्डारीको शब्द तथा संगीत रहेको छ । सागरबाबु भट्टको निर्देशन रहेको गीतलाई मुस्कान दहालले निर्माण गरेका हुन् । गीतको भिडियोमा शिशिर भण्डारीसँगै कलाकार रिस्ता बस्नेत, निक्स शर्मा, श्रद्धा गौतम, निरायु गौतम, निर्मल न्यौपाने र प्रवीण भट्टको अभिनय छ ।

प्रतिक्रिया