सुशान्त प्रकरणमा भन्सालीसँग सोधपुछ

मुम्बई । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा जोडेर निर्माता तथा निर्देशक संजय लीला भन्सालीसँग मुम्बई प्रहरीले सोधपुछ गरेको छ । मुम्बईस्थित बान्द्रा प्रहरी कार्यालयमा ३ घण्टा सोधपुछ गरिएको हो । उनलाई त्यसपछि सान्ताक्रुज प्रहरी कार्यालयका डिएसपी अभिषेक त्रिमुखेले पनि १ घण्टा सोधपुछ गरेका थिए ।

भन्सालीले सुशान्तसँग सन् २०१६ मा कुरा गरेपछि कहिल्यै दोहो¥याएर कुरा नगरेको बताएका छन् । साथै भंसालीले सुशान्तको नजिक नभएकाले ‘डिप्रेसन’ का बारेमा पनि थाहा नभएको प्रहरीसमक्ष बयान दिएका छन् । भंसाली निर्मित चलचित्र ‘राम लीला’ र ‘बाजीराव मस्तानी’ बाट सुशान्तलाई निकालेको विषयमा समेत सोधपुछ गरिएको थियो ।

भन्साली सुशान्तको ध्यान त्यतिबेला यसराज फिल्मस्को ‘पानी’ सिनेमामा ध्यान रहेको र आफूले कहिल्यै सुशान्तलाई सिनेमाबाट ननिकालेको बताए । उनले सुशान्तले एकै समयमा दुई ठूला सिनेमासँग काम गर्न अस्वीकार गरेको जनाए । अभिनेता सुशान्तले १४ जुनमा आफ्नो मुम्बईस्थित घरमा पासो लगाइ आत्महत्या गरेका थिए ।

उनले पछिल्लो ६ महिनादेखि ‘डिप्रेसन’ को उपचार गराउँदै आएका थिए । उनले आत्महत्या गर्नुको कारण अहिलेसम्म खुलेको छैन । आत्महत्या प्रकरणसँग जोडेर सुशान्तकी प्रेमिका भनिएकी रिया चक्रवर्ती र उनको अन्तिम चलचित्र ‘दिल बेचारा’ मा काम गरेकी अभिनेत्री संजनासँग पनि प्रहरीले सोधपुछ गरेको छ ।

सुशान्त आत्महत्यापछि बलिउडको परिवारवाद रहेको भन्दै यसवेला बलिउडमा त्यसको चर्को आलोचना भइरहेको छ । परिवारवादको पीडाको कारण सुशान्तले आत्महत्या गरेको भन्दै सोमाथि उनका फ्यान तथा थुप्रै बलिउडकर्मीले सिबिआई जाँचको माग गर्दै आएका छन् ।

प्रतिक्रिया